आधारभुत स्वास्थ्य चौँकीमा पर्खाल निर्माण कार्यको शिलान्यास

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ मा आधारभुत स्वास्थ्य चौँकीको पर्खाल निर्माण कार्यको शिलान्यास भएको छ । बारा क्षेत्र नं.४(क) का मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले पर्खाल निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो । रु २५ लाख रुपैयाको लागतमा उपभोक्ता समितीबाट पर्खाल निर्माण हुन लागेको मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले जानकारी दिए ।

उनले शिक्षा ,स्वास्थ्य र खेलकुदलाई मध्यनजर गर्दै आफुले आफनो क्षेत्रको बजेट निर्माण गरेको बताए । उनले स्वास्थ्यलाई सुरक्षित गर्न आफनो संसदीय क्षेत्रको बिभिन्न वडामा पर्खाल निर्माण गरिरहेको जानकारी दिए । पर्खाल निर्माण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख भोला प्रसाद अधिकारी , नेकपा एमालेका मधेश प्रदेश कमिटी सचिव मनोज पौडेल , प्रदेश सभा सदस्य चौधरीका स्वकिय सचिव रबिन्द्र खकुरेल ,वडा नं.३ का कार्यबाहक वडा अध्यक्ष माया बि.कं ,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाराका अध्यक्ष जितन ठाकुर लगायतको सहभागिता रहेको थियो ।