रञ्जन यादब /बारा
बाराको सिमरामा तराई मोर्डन हस्पिटलको ब्यवस्थापनमा मंगलम डाईग्नोष्टिक सेण्टरको चौथो शाखाबाट सेवा शुरु भएको छ । तराई मोर्डन हस्पिटल अगाडी सञ्चालनमा आएको डाईग्नोष्टिक सेण्टर आई.एस.ओ. मान्यता प्राप्त डाईग्नोष्टिक सेण्टर भएकाले सर्वसाधारणलाई गुणस्तरीय सेवा पुग्ने बिश्वास लिएको छ ।
यस भन्दा अगाडि मंगलम डाईग्नोष्टिक सेण्टरले बिरगंज ,जनकपुर र परवानीपुरको वायोधामा सेवा दिँदै आएको जनाईएको छ । करिब २१ बर्ष देखि बीरगञ्जमा सञ्चालनमा रहेको मंगलम डाईग्नोष्टिक सेण्टरको सेवा सिमरामा शुरु गर्न पाउँदा आफुहरु उत्साहित रहेको बताउँदै डाईग्नोष्टिक सेण्टरका सञ्चालक प्राध्यापक डाक्टर अमरनाथ ठाकुरले विपन्न नागरिकले पैसाको अभावमा उपचार नपाउने स्थितीको अन्त्य गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो ।
मंगलम डाईग्नोष्टिक सेण्टरका मे.सु. डा.रबिन्द्र सिँहको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख अतिथी रहनुभएको थियो । नगर प्रमुख पौडेलले गुणस्तर र ब्यवहारबाट निजी क्षेत्रका अस्पतालले प्रदान गर्ने सेवाबाट प्रतिस्पर्धा गर्ने अहिलेको आवश्यक्ता रहेको बताएका छन् । डा.रबिन्द्र कुमार सिँहले समाजमा पुरयाउँनुभएका योग्दानको प्रशंसा गर्दै उनले जीतपुरसिमरा उपमहानगरमा पहिलो अस्पताल स्थापना गर्ने ब्यक्तिको रुपमा चित्रण गर्नुभयो ।