रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ मा निशुल्क वा स शुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्न पुर्ब सम्बन्धित निकायसँग अनुमती लिएर सञ्चालन गर्न अनुरोध गरेको छ । स्वास्थ्य सेवासँग सम्बन्धित कार्य गर्दा कानुनी प्रावधानको पालना गर्न वडा कार्यालयले अनुरोध गरेको हो ।
यस्तो कार्य गर्दा अत्यन्त संवेदनशील र जिम्मेवारीपूर्ण हुने भएकाले यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न वडा कार्यालयले सुचना जारी गरि भनेको छ ।स्वास्थ्य क्षेत्रमा अनधिकृतरूपमा सञ्चालन भइरहेका यस्ता शिबिरहरुले नागरिकहरूको स्वास्थ्यमा गम्भीर जोखिम पु¥याउने सम्भावना भएकाले यसप्रति वडा कार्यालयको ध्यान गएको वडा अध्यक्ष चतुर बाबु वाग्लेले जारी गर्नुभएको सुचनामा उल्लेख गरिएको छ ।
वडा कार्यालयले स्पष्ट रूपमा सूचित गरेको छ कि कुनै पनि संस्था वा व्यक्तिले स्वास्थ्य क्लिनिक सञ्चालन गर्नुपूर्व सम्बन्धित निकायबाट अनुमति लिनैपर्नेछ । यदि अनुमति बिना स्वास्थ्य शिबिर कुनै पनि संस्थाले सञ्चालन गरेको पाइएमा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।