स्मार्ट एजुकेशन हब सिमरामा सञ्चालन

रञ्जन यादब /बारा

शैक्षिक क्षेत्रमा नयाँ अवसर प्रदान गर्ने उद्देश्यले स्मार्ट एजुकेशन हब सिमरा स्थित एयरपोर्ट चोक मा सञ्चालनमा आएको छ । स्मार्ट एजुकेशन हबले +२ देखि ब्याचलर तहसम्मका विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक सेवा प्रदान गर्ने सञ्चालक गोबिन्द थापाले जानकारी दिए ।

यसमा कम्प्युटरका विभिन्न कोर्सहरू सञ्चालन गर्नुका साथै ईलटर्स तयारी कक्षाहरू र विद्यार्थी भिसा परामर्श सेवा पनि उपलब्ध गराउनेछ ।शिक्षा क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा, स्मार्ट एजुकेशन हबले लोकसेवा आयोग, शिक्षक सेवा आयोग र बैंकिङ तयारी कक्षाहरू पनि सञ्चालन गर्नेछ, जसले सरकारी तथा वित्तीय क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूलाई लाभ प्रदान गर्नेछ ।

सञ्चालकहरूका अनुसार, यस संस्थाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आधुनिक प्रविधि र अनुभवी शिक्षकहरूको साथ उत्कृष्ट वातावरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।