hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

समुदायिक कार्यका लागि युवा मनहरुको पहिलो संगोष्ठी सिमरामा सम्पन्न

रञ्जन यादब /बारा

विद्यार्थीहरुलाई पढाईको साथसाथै व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले लोटस एकेडेमी, सिमराले “युवा मनहरुको समुदायिक कार्य संगोष्ठी“ आयोजना गरेको छ। “हरियाली भोलिका लागि युवा आवाज“ भन्ने नारासहित सञ्चालन भएको हो।लोटस एकेडेमीका संचालक सुवाश अधिकारीका अनुसार यो कार्यक्रम स्थानीय तहले लागू गरेको पाठ्यक्रमलाई टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको हो।

उनले विद्यार्थीहरुलाई समुदाय प्रति उत्तरदायी बनाउँदै व्यवहारिक शिक्षाको विकास गराउने विश्वास व्यक्त गरे ।संगोष्ठीमा संस्थागत आठ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो। प्रत्येक विद्यालयबाट सातजना विद्यार्थी छनोट गरिएका थिए भने कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यक्रमले विद्यार्थीहरुलाई वातावरण संरक्षण तथा समाज सेवामा अभिप्रेरित गर्ने अपेक्षा गरिएको छ ।गोष्ठिको संयोजन लोट्स एकेड्मीका शिक्षक चन्द्र बहादुर लिम्बुले गरेका थिए ।गोष्ठिमा लोट्स एकेड्मी सिमरा ,एस.पि.ई.स. सिमरा ,राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरबाना ,एक्स सर्भिस म्यान ,न्यु एक्ता ,अक्षरा पाठशाला सिमरा ,साना किसान रजघट्टा र पाथिभारा ई.स्कुल बजनीको सहभागिता रहेको थियो । उत्कृष्ट गर्ने बिद्यार्थीहरुलाई शिल्ड ,मेडल र प्रमाणपत्र बितरण गरिएको थियो ।