hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet giriş

पर्सामा अवैध काठ तस्करी विरुद्ध कारवाही, ठूलो परिमाणमा काठ बरामद

रञ्जन यादब /पर्सा

पर्सा जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा सञ्चालित काठ तस्करी विरुद्ध सुरक्षा निकायले कडा कारवाही थालेको छ। यसै क्रममा विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध काठ बरामद गरिएको छ।

सबैया सब डिभिजन बन कार्यालयले वीरगंज महानगरपालिका–३१ बेलवा स्थित एक अवैध रुपमा सञ्चालित स मिलमा छापा मारी २७ थान चिरान काठ (१३.५८ क्युफिट) बरामद गरेको छ। त्यस्तै, पर्सागढी नगरपालिका–४ स्थित भेडाखोला नजिकबाट चार वटा साइकलसहित ३१ क्युफिटको काठ बरामद गरिएको रेञ्जर भुपाल रोकायले जानकारी दिए ।

बड्निहार सब डिभिजन बन कार्यालयका कमाण्डर जितबहादुर तामाङको टोलीले पर्सागढी नगरपालिका–३ निवासी ३६ वर्षीय लालबाबु चौधरीलाई पक्राउ गरेको छ। उनलाई ४.८६ क्युफिट चौपेटा काठसहित पक्राउ गरिएको हो।

त्यसैगरी, पर्सागढी नगरपालिका–१ स्थित बिन्दाबासनी कोइलाभार बढ्निहार साझेदारी बन क्षेत्रबाट करिब ५० क्युफिटका ४ थान गोलिया काठ बरामद गरिएको छ।

डिभिजन बन कार्यालय, पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ। अवैध रूपमा काठ तस्करी गर्नेहरूलाई कानुनी कारवाही गरिने बताइएको छ।