रञ्जन यादब /पर्सा
सब डिभिजन वन कार्यालय बड्निहारले पर्सागढी नगरपालिका–३ स्थित जङ्गलभित्र मुर्दा घाट भन्ने स्थानबाट अवैध रूपमा भण्डारण गरिएको सालको काठ बरामद गरेको छ।
जमदार जित बहादुरको नेतृत्वमा रहेको वन गस्ती टोलीले १७.२४ क्युफिट सालको काठसहित दुईवटा होन्डा साइकल नियन्त्रणमा लिएको हो ।वन अधिकृत मञ्जुर अहमदका अनुसार घटनास्थलमा ६ जना संलग्न रहेको भए पनि गस्ती टोली पुग्नासाथ उनीहरू फरार भएका छन्। त्यस्तै गादिमाई साझेदारी बन क्षेत्रबाट एउटा साईकल सहित २.५ क्युफिटको साल काठ गोलिया बरामद भएको छ ।
रङ्गपुर सब डिभिजन बन कार्यालयबाट फरेष्टर पुरुषोत्तम पटेलको नेतृत्वमा गएको बन गस्ती टोलीले साईकल सहित काठको गोलिया बरामद भएको छैठो तह अधिकृत उज्जवल यादबले जानकारी दिए । जङ्गलमा दैनिक गस्ती र अनुगमनको क्रममा काठ चोरसँग जम्का भेट भएको थियो । काठ चोर साईकल र काठ छाडेर दुई जना फरार भएको अधिकृत यादबले बताए ।
हाल फरार व्यक्तिहरूको खोजीकार्य जारी रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।अवैध रूपमा काठ तस्करी तथा भण्डारण गर्ने कार्यलाई नियन्त्रण गर्न डिभिजन वन कार्यालयले नियमित गस्तीलाई थप कडा पारेको डिभिजन बन कार्यालय पर्साका बन अधिकृत मञ्जुर अहमदले बताए ।