प्रगतिशील सामुदायिक बन उपभोक्ता समिती औराहाको २७ औं वार्षिक साधारण सभा सम्पन्न

रञ्जन यादब /बारा

बाराको औराहा स्थित प्रगतिशील सामुदायिक बन उपभोक्ता समिती औराहा ,बाराको २७ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित संस्थाको कार्यालय परिसरमा सम्पन्न साधारण सभाको उद्घाटन बारा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठले गरेका थिए ।

साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका सांसद श्रेष्ठले प्रगतिशील सामुदायिक बन उपभोक्ता समितिको बन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूले सक्दो पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।जीतपुरसिमरा आउने आन्तरिक पर्यटकको रोजाईमा रहेको औराहाको देवाश्रम पार्क निर्माणका लागि आफू प्रतिवद्ध रहेको सांसद श्रेष्ठको भनाई थियो ।

विगतमा आफूले समूहलाई ३० लाख रुपैयाँको योजना उपलब्ध गराएको स्मरण गराउँदै सांसद श्रेष्ठले औराहामा आफ्नो निवास समेत रहेकाले औराहाको समग्र विकासका लागि आफू चिन्तीत रहेको बताए । सांसद श्रेष्ठले प्रगतीशिल सामुदायिक बन उपभोक्ता समितीको सदस्यता पाउन आवश्यक प्रकृया पुरा गरेर आफू पनि सदस्य बन्ने उद्घोष गर्नुभयो ।संस्थाका अध्यक्ष कुमार त्रिपाठीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सहजीकरण संस्थाका सचिब डम्बर खड्काले गरेका थिए । अधिवेशन सहितको साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ ।