साना किसान कृषि सहकारी सिमराले अमलेखगञ्जस्थित गुम्बा आवासीय विद्यालयलाई खाद्यान्न सहयोग

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ मा रहेको साना किसान कृषि सहकारी संस्था सिमराले अमलेखगञ्जस्थित अहिंसावादी साङ्गे छयोईलिङ्ग बौद्ध गुम्बा आवासीय विद्यालयलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।संस्थाको १० औँ स्थापना दिवसको अवसरमा सहकारी संस्थाकी अध्यक्ष कमला अधिकारी सहितको सहकारी परिवार गुम्बामै पुगेर गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष फुलमाया लामालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेकी … Read more

डुमरवानाका नारायण क्षेत्रीले निबन्ध सङ्ग्रह ‘अस्तित्वको खोजी’ सार्वजनिक गर्दै साहित्यक्षेत्रमा गरे औपचारिक प्रवेश

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–१५ निवासी नारायण क्षेत्रीले आफ्नो पहिलो निबन्ध सङ्ग्रह ‘अस्तित्वको खोजी’ सार्वजनिक गर्दै औपचारिक रूपमा साहित्यक्षेत्रमा प्रवेश गरेका छन्। शनिबार डुमरवाना बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजित एक भव्य समारोहबीच उक्त कृति विमोचन गरिएको हो।कृतिमा क्षेत्रीले जीवनभोगाइ, सामाजिक चिन्तन, र अनुभूतिहरू समेटिएका १५ वटा निबन्ध समावेश गरेका छन्। राजनीतिमा सक्रिय रहँदै आएका क्षेत्री अब … Read more

बिरगंज पथलैया सडकखण्डको छातापिपरामा भएको सवारी दुर्घटनामा दुई जना घाइते ,एक अवस्था चिन्ताजनक

रञ्जन यादब /बारा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–०९ छातापिपरा स्थित शाह पेट्रोल पम्प अगाडि बिरगंज पथलैया सडकखण्डमा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। सिमराबाट वीरगञ्जतर्फ जाँदै गरेको बा १३ च ३३०६ नम्बरको पिकअपले बाटोको बायाँपट्टि रोकी राखिएको ना ३ ख ३३५३ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ … Read more

बारा र सर्लाहिमा उखुबालीको संयुक्त अनुगमन तथा मूल्याङ्कन कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम, जीतपुरको आयोजनामा कृषि अनुसन्धान तथा प्रबिधि प्रवद्र्धन परियोजना अन्तर्गत सञ्चालित संयुक्त अनुगमन तथा मूल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बारा र सर्लाही जिल्लाका विभिन्न क्षेत्रहरूमा लगाइएको उखुबालीको अवस्था, प्रयोगमा आएका विभिन्न जात (भेरिएन्ट), देखिएका समस्या र समाधान उपाय तथा ट्रायलमा रहेका उखुका बेर्ना सम्बन्धी अध्ययन तथा अवलोकन गरिएको … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाले दुई अर्ब एक लाख बराबरको बजेट सार्वजनिक , गत आर्थिक भन्दा १० करोड ४९ लाख रुपैयाले कम बजेट

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले १२ औ नगर सभाको दोस्रो बैठकबाट आर्थिक वर्ष २०८२÷८३ का लागि दुई अर्ब एक लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । जुन आर्थिक बर्ष २०८१।०८२ वा ११ औँ नगर सभाबाट ल्याईएको बजेट भन्दा १० करोड ४९ लाख रुपैयाले कम हो । आर्थिक बर्ष २०८१।०८२ मा कुल बजेट रु … Read more

अम्लेखगंजबाट अवैध सामान सहितको कन्टेनर नियन्त्रणमा

रञ्जन यादब /बारा बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित प्रहरी कार्यालय अगाडि बिरगंज–पथलैया सडक खण्डमा एक कन्टेनर ट्रक नियन्त्रणमा लिइएको छ । बिशेष सूचना तथा सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले ना.८ ख ७२४२ नम्बरको कन्टेनर रोकी जाँच गर्दा सो ट्रकमा बिल बिजक भन्दा बढी तथा भन्सार नबुझाइ ल्याइएको सामान फेला परेको हो … Read more

हरियाली र चेतना अभिबृद्धि गर्न रामबनमा सामुदायिक वनले वृक्षारोपण

रञ्जन यादब /बारा समुदायमा वातावरणीय चेतना अभिवृद्धि गर्ने र हरियाली संरक्षणको सन्देश प्रवाह गर्ने उदेश्यले रामबनमा बृक्षारोपण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ स्थित जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह रामबनले रामबनका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। समूहले करिब एक सय वटा बिरुवा रोपेको जनाएको छ । बिरुवा रोप्ने कार्य समूहको कार्यालय … Read more

बाघको आक्रमणपछि अमलेखगंजमा निगरानी र जनचेतनामूलक गतिविधि तीव्र

रञ्जन यादब /बारा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र सिमावर्ती अमलेखगन्ज क्षेत्रमा पछिल्ला दिनमा बाघको गतिविधि बढेसँगै स्थानीयवासी त्रसित बनेपछि बाघको निगरानी बढाईएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ मा बाघको आक्रमणबाट असार ४ गते एक जना स्थानीय ब्यक्ति चन्द्र बहादुर भ्लोनको मृत्यु भएपछि स्थिति थप गम्भीर बनेको छ ।डिभिजन वन कार्यालय बाराका डिभिजनल बन … Read more

भट्टी विस्फोटपछि दबाब बढ्दो ः सात दलको संयुक्त ज्ञापन, उद्योगको जोखिमपूर्ण सञ्चालन रोक्न माग

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल्समा हालै भएको भट्टी विस्फोटपछि उद्योगको गतिविधिमाथि स्थानीय तहमा दबाब बढेको छ। मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्नेगरी जोखिमपूर्ण भट्टी सञ्चालन गरेको भन्दै सातवटा प्रमुख राजनीतिक दलका स्थानीय नेताहरूले उपमहानगरपालिका कार्यालयमा संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्। नेताहरूले आइतबार उपमहानगर प्रमुख राजन पौडेललाई भेटेर उक्त ज्ञापनपत्र हस्तान्तरण … Read more

बजेटमा सहमति जुटेपछि जीतपुरसिमरा उपमहानगरको दोस्रो नगरसभा असार २५ मा बस्ने

रञ्जन यादब /बारा आर्थिक वर्ष २०८२÷८३ को बजेट सम्बन्धी सहमति बनेसँगै जीतपुरसिमरा उपमहानगरपालिकाले बाह्रौं नगरसभाको दोस्रो बैठक बोलाएको छ। उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंले सूचना प्रकाशित गर्दै नगरसभा असार २५ गतेका लागि तय गरिएको जानकारी दिएका हुन्। यसअघि असार ९ गते सुरु भएको पहिलो बैठक उद्घाटन सत्रमै स्थगित भएको थियो भने असार १८ मा … Read more