बारामा बाघको आक्रमण ः एक व्यक्तिको ज्यान गयो

रञ्जन यादब /बारा बारा जिल्लामा बाघको आक्रमणमा परी एक व्यक्तिको ज्यान गएको छ ।मृतक जीतपुरसिमरा उपमहानगरपालिका–२२ निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ।बुधबार बिहान करिब ७ः३० बजे स्कुटर लिएर आधाभार जंगलतर्फ घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास सुरु गरेका थिए। खोजतलासका क्रममा जंगलभित्र स्कुटर र घाँस … Read more

सप्तरङ्गी साकोसले तीजको अवसरमा साँस्कृतिक तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ मा रहेको सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था रजघट्टाले हरितालिका तीजको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। प्रतियोगात्मक तथा सहभागितामूलक रूपमा आयोजित कार्यक्रममा तीजको मर्म र कला झल्काइएका थिए।प्रतियोगितामा एक्स सर्भिसमेन चिल्ड्रेन एकेडमी स्कुल प्रथम, राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन द्वितीय, नयाँ बस्ती समूह तृतीय र जनता … Read more

वातावरण संरक्षणका लागि शिवशक्ति ग्रुपद्वारा वृक्षारोपण

रञ्जन यादब /बारा वातावरण संरक्षण र हरियाली विस्तारको उद्देश्यका साथ शिवशक्ति ग्रुपले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बाराको जीतपुरमा रहेको शिवशक्ति ध्यु उद्योगको पर्खाल रहेको सडक छेउमा गरिएको वृक्षारोपण कार्यक्रम शिवशक्ति ग्रुपका अध्यक्ष राजकुमार गाडियाले बिरुवा लगाएर उद्घाटन गरेका थिए। शिवशक्ति उद्योगका प्रशासकीय अधिकृत प्रमोद पटेलले उद्योग परिसर र सडक छेउमा १८० भन्दा बढी अशोकका … Read more

जीतपुरमा श्री गणेश चतुर्थी पूजाको भव्य तयारी , बुधबार शोभा यात्रा

रञ्जन यादब /बारा बाराको जीतपुरमा लाग्दै आएको १८औँ श्री गणेश चतुर्थी पूजा भोलि बुधबारदेखि सुरु हुने भएको छ । आयोजक श्री सिद्धिविनायक पूजा समितिले पत्रकार सम्मेलन गर्दै यसवर्षको कार्यक्रम भव्य रूपमा सम्पन्न गर्ने तयारी पूरा भएको जानकारी दिएको छ। पहिलो दिन बुधबार हात्ती, घोडा र बाजागाजा सहित शोभायात्रा निकालेर पूजाको सुरुवात गरिने समितिले जनाएको छ। … Read more

प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष  कुशवाहा  पार्टिबाट  निष्कासन

  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाराका पूर्व जिल्ला समिति सदस्य तथा प्रसौनी गाउँपालिका–६ का निर्वाचित वडा अध्यक्ष बृजकिशोर कुशवाहालाई पार्टीले ६ महिनाका लागि निष्कासन गरेको छ। माओवादी केन्द्र बारा जिल्ला कमिटीले कारबाहीका लागि सिफारिस गरेको र त्यसअनुसार माओवादी केन्द्र मधेश प्रदेश कमिटीले कारबाही गर्ने निर्णय लिएको हो। हालको घटना विवरण स्थायी घर पर्सा जिल्ला … Read more

परवानीपुर गाउँपालिकाले बहुअरी सडक अवरोधबारे प्रेस विज्ञप्ति जारी

रञ्जन यादब /बारा परवानीपुर गाउँपालिकाले वडा नं. ५ बहुअरीको मूल सडक निर्माणमा केहि व्यक्तिहरुले गरेको अवरोध र संचार माध्यममार्फत भ्रामक प्रचारबारे प्रेस विज्ञप्ति जारी गर्दै जनतालाई वास्तविकता सार्वजनिक गरेको छ। पालिकाले विगत तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गर्दै बहुअरीको मूल सडक निर्माणको प्रयास गर्दै आएको भए पनि राजनीतिक स्वार्थ राख्ने केही व्यक्तिहरुले पटक–पटक अवरोध गर्दै … Read more

बिरगंज–३२ रामबनबाट २४ थान चिरानकाठ बरामद

रञ्जन यादब / बिरगंज महानगरपालिका वडा नं.३२ रामबनबाट अबैध २४ थान चिरानकाठ बरामद गरिएको छ। सबैया सब–डिभिजनको टोली रेञ्जर भुपाल रोकायको नेतृत्वमा पुगेको टोलीले रामबनस्थित एक घरबाट उक्त काठ फेला पारेको हो। डिभिजन वन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदका अनुसार बरामद काठ १६.४८ क्युफिट बराबरको छ। तीमध्ये एक थान चिरानकाठ बाहिर र बाँकी … Read more

बाराका १६ स्थानीय तहहरुमध्ये कलैया उपमहानगरपालिका पहिलो स्थानमा

रञ्जन यादब /बारा बाराका १६ स्थानीय तहबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको मूल्याङ्कन नतिजामा कलैया उपमहानगरपालिका पहिलो स्थानमा परेको छ भने फेटा गाउँपालिका अन्तिम स्थानमा परेको छ ।आर्थिक वर्ष २०८०÷८१ मा गरिएको स्वमूल्याङ्कन र मन्त्रालयको गुणस्तर मापनका आधारमा परिणाम सार्वजनिक गरिएको हो। स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धा जगाउने उद्देश्यले मन्त्रालयले प्रत्येक वर्ष गुणस्तर … Read more

परवानीपुर गाउँपालिकामा हैजा नियन्त्रणका लागि आपतकालीन बैठक, अनुगमन समिति गठन

रञ्जन यादब /बारा बिरगंजमा हैजा फैलिएको सूचनासँगै परवानीपुर गाउँपालिकाले पनि संक्रमण नियन्त्रणका लागि आपतकालीन बैठक सम्पन्न गरेको छ ।आईतबार गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा बसेको बैठकमा वडा अध्यक्षहरु, स्वास्थ्य चौकी प्रमुख, एल.एस.न्युरो अस्पतालका प्रतिनिधि तथा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरु सहभागी थिए। बैठकमा बिरगंजमा फैलिएको हैजाले परवानीपुर क्षेत्रमा पार्न सक्ने असर र त्यसको रोकथामका … Read more

जीतपुरसिमरा उपमहानगरद्वारा हैजा नियन्त्रणका लागि तयारी र सतर्कता अपनायो

रञ्जन यादब /बारा छिमेकी वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा हैजाको संक्रमण पुष्टि भएपछि यसको प्रभाव जीतपुरसिमरा उपमहानगरपालिकामा समेत फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले सतर्कता अपनाएको छ ।उपमहानगरपालिकाले हैजाको संक्रमण नियन्त्रण र रोकथामका लागि विभिन्न उपायहरु अवलम्बन गरेको जनाएको छ। जीतपुरसिमरा नगर अस्पताल, सिमरामा हैजा उपचारका लागि आवश्यक तयारी मिलाइएको छ भने सम्पूर्ण स्वास्थ्यकर्मीलाई हाई–अलर्ट मा … Read more