सिमरामा बारा इन्टरलक ईटा उद्योगको शाखा उद्घाटन

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ सिमरामा बारा इन्टरलक ईटा उद्योगको नयाँ शाखा कार्यालयको बुधबार उद्घाटन गरिएको छ। उद्योगको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाकी उप–प्रमुख भोला अधिकारीले कैचीले रिबन काटेर गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै उप–प्रमुख अधिकारीले युवाहरूले उद्यमशीलता आत्मसात गर्दै स्वदेशमै रोजगार सिर्जना गर्नु सकारात्मक कदम भएको बताए । “रोजगारको खोजीमा विदेश जानुभन्दा स्वदेशमै उद्योग सञ्चालन गरेर … Read more

उज्यालो, सुरक्षित र आधुनिक जीतपुरसिमरा निर्माणतर्फ उपमहानगरको “उज्यालो जीतपुरसिमरा अभियान” अघि बढ्दै

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका “उज्यालो, सुरक्षित र आधुनिक सहर” निर्माण गर्ने उद्देश्यका साथ “उज्यालो जीतपुरसिमरा अभियान” लाई निरन्तर अगाडि बढाइरहेको छ।उपमहानगरले यस अभियानअन्तर्गत विभिन्न वडाहरूका मुख्य बजार क्षेत्र, हाइवे, टेलिकम चोक, बजनी चोक, एयरपोर्ट क्षेत्र, घन्टीमाई चोक लगायतका प्रमुख स्थानहरूमा टावर लाइट स्थापना कार्य तीव्र गतिमा अगाडि बढाइरहेको जनाएको छ। रातको समयमा यातायात, पैदलयात्री … Read more

सामुदायिक बचत तथा ऋण सहकारीको स्थापना दिवसमा शुभकामना अदानप्रदान

रञ्जन यादब /बारा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १८ औं वार्षिक स्थापना दिवस तथा बिजया दशमी, शुभ दिपावली र छठ पर्वको शुभकामना अदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाका उपाध्यक्ष श्रवण कुमार गुप्ताको अध्यक्षता र राष्ट्रिय सहकारी बैंकका शाखा सिमराका प्रमुख चन्द्रमणि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका व्यवस्थापक शम्भु रामले स्वागत मन्तव्य … Read more

बरैनिया वडा कार्यालयमा कर्मचारी र वडा अध्यक्षमाथि दुव्र्यवहार

रञ्जन यादब /बारा बिश्रामपुर गाउँपालिका–२ बरैनियास्थित वडा कार्यालयमा कर्मचारी र वडा अध्यक्षमाथि दुव्र्यवहार भएको छ ।वडा कार्यालयका अनुसार २०८२ असोज ७ गते बेलुकी घर फर्किँदै गरेका कार्यालयमा कार्यरत का.स. प्रमोद कुमार बैठामाथि कान्तिपुर टोलका गोपाल साहका छोरा अनिल साहले बरैनिया बजारमा रोक्दै साँचो खोस्ने, धाकधम्की दिने र गालीगलौज गर्ने कार्य गरेका थिए । सो क्रममा … Read more

जीतपुरसिमरामा घटस्थापनाको अवसरमा कलश यात्रा

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानमा घटस्थापनाको अवसरमा विधिपूर्वक कलश यात्रा निकालिएको छ । दशैंको पहिलो दिन दुधौरा खोला किनारबाट शुद्ध जल ल्याई श्रद्धालु भक्तजनहरूले कलशमा भरेर पूजा स्थलमा स्थापना गरेका थिए ।जीतपुर, बकुलीया, रमौलिलोसन्डा लगायतका स्थानमा स्थापित दुर्गामाताको प्रतिमा स्थलमा भक्तजनहरूले कलशमा जल अर्पण गर्दै पूजाअर्चना गरेका छन् । धार्मिक परम्परा अनुसार … Read more

सिमरा महिला साकोसको १८औँ वार्षिक साधारण सभा सम्पन्न

रञ्जन यादब /बारा सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको १८औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।सभाको उद्घाटन बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष सतेन्द्र प्रसाद ठाकुरले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो । उहाँले बदलिँदो राष्ट्रिय अर्थतन्त्रसँगै सहकारी क्षेत्रलाई गुणस्तरीय वित्तीय सेवामा सक्षम बनाउन नीति, विधि र प्रविधिको उच्चतम … Read more

कोल्हबीमा काठको गोलिया सहित दुई जना पक्राउ, एक फरार

रञ्जन यादब /बारा कोल्हबी सब–डिभिजन बन कार्यालयले पतालगङ्गा नजिकै वन गस्तीका क्रममा अवैध काठ सहित दुई जनालाई नियन्त्रणमा लिएको छ भने एक जना फरार रहेको छ। पक्राउ पर्नेमा कोल्हबी नगरपालिका–६ अधनवा बस्ने ३२ वर्षीय रबिन्द्र राम र वडा नं. ३ जुगवा नयाँटोल बस्ने ३३ वर्षीय उमेश चौधरी रहेको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत … Read more

संविधान दिवसको अवसरमा जीतपुरसिमरामा रक्तदान

रञ्जन यादब /बारा संविधान दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । उपमहानगरपालिकाको कार्यालय परिसरमा भएको कार्यक्रममा १३ महिलासहित कुल ५४ जनाले रगतदान गरेका छन् । कार्यक्रमको उद्घाटन नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो । यसअघि कार्यालयमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी संविधान दिवसको औपचारिक कार्यक्रम शुरु गरिएको थियो । कार्यक्रममा उपप्रमुख भोलाप्रसाद … Read more

आगलागी र तोडफोडले नव निर्मित आन्तरिक राजस्व कार्यालय बाराको भवन क्षतीग्रस्त

रञ्जन यादब /बारा करिब ८ करोडको लागतमा नव निर्मित आन्तरिक राजस्व कार्यालय बारा सिमराको नया भवन उद्घाटन नहुँदै आगलागि र तोडफोडले क्षतीग्रस्त बनेको छ । भर्खरै सम्पन्न भएर सेवा प्रारम्भ गरेको आधुनिक भवन जेन जी आन्दोलनको क्रममा क्षतीग्रस्त बनेको हो ।यस कार्यालयले बारा–रौतहटका करदातालाई विवरण दर्ता गर्ने, कर संकलन गर्ने, करदातालाई सुविधा उपलब्ध गराउने जस्ता … Read more

अमलेखगञ्जबाट ४ जनाको ज्यान लिने बाघ नियन्त्रणमा

रञ्जन यादव /बारा पर्सा राष्ट्रिय निकुञ्जले बाराको अमलेखगञ्ज जंगल क्षेत्रबाट शुक्रबार बिहान बाघ नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको बाघ करिब १३ वर्ष उमेरको वयस्क भाले रहेको डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीव कुमार झाले जानकारी दिए।विगत तीन महिनादेखि स्थानीयवासीलाई आतंकित पार्दै आएको सो बाघको आक्रमणबाट ४ जनाको ज्यान गएको थियो। बाघ नियन्त्रणका लागि … Read more