नेपाल सितोरियो कराँतेको जीतपुरसिमरा नगर कमिटी गठन, अध्यक्षमा मनोज साह चयन

बारा, श्रावण १९ गते । नेपाल सितोरियो कराँतेको जीतपुरसिमरा नगर कमिटि गठन भएको छ । मनोज कुमार साहको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी गठन भएको हो । शुक्रबार बाराको जीतपुरमा बारा जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक सुनिलकुमार साहको अध्यक्षतामा बसेको बैठक जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय नगर कमिटी गठन गरिएको हो । बैठकले नगरको अध्यक्षमा मनोज कुमार … Read more

अबदेखि एसईई नहुने,विद्यालय शिक्षा विधेयक अघि बढ्यो

काठमाडौं, साउन १८- अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । एसईई परीक्षा नलिने भएपछि पनिकाको हैसियत समाप्त हुने भएको छ । विसं १९९० देखि सुरू भएको … Read more

नारायणी नदीमा हामफालेकी महिलाको मृत्यु

चितवन, साउन १८– नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । अन्दाजी ४५ वर्षीय महिलालाई अचेत अवस्थामा प्रहरीले उद्धार गरेको थियो । चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितका अनुसार महिलाको बिहान ८ः३६ बजेको समयमा मृत्यु भएको हो । आज बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा हामफालेकी … Read more

चितवनको माडीमा घाँघर खोला तर्दै गरेको बस बाढीले डुबायो, यात्रु सकुशल

चितवन,साउन १०- चितवन माडीको घाँघर खोला तर्दै गरेको बस बाढीमा डुबेको छ । माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला तर्दै गरेको ना ४ ख १९४७ नम्बरको बसलाई आज बाढीले डुबाएको हो । ठोरीतिरबाट बसन्तपुर माडीतिर आउँदै गरेका बेला बस खोलामा फसेको थियो । बसमा चालकसहित ३ जना थिए । उनीहरु सबै … Read more

बाराः घरायसी विवाद हुदा मियाँले गरे श्रीमतीको घाँटी रेटी हत्या

बारा, श्रावन १० गते । बाराको सिम्रौनगढमा एक व्यक्तिले घरायसी विवादका कारण आफ्नै श्रीमतीको हत्या गरेका छन् । भारतको विहारको पूर्व चम्पारण चिरैया थानाअन्तर्गत पर्ने रूपौलिया गाउँका २७ वर्षीय अमुरूल मियाँले सिम्रौनगढ – ६ निवासी श्रीमती २२ वर्षीय आस्मिन खातुनको धारिलो हतियारले घाँटी रेटी हत्या गरेका हुन् । मियाँ र खातुन बिच लामो समयदेखि घरायसी … Read more

ड्युटीमा खटिएका ट्राफिक प्रहरी कुटेर फरार युवक पक्राउ

काठमाडौं,साउन ८- ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई कुटेर फरार भएका युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ घर भइ ललितपुर चापागाउँ दोबाटो बस्ने २६ वर्षीय विश्वास राई छन्। चापागाउँमा मोबाइल पसल चलाउँदै आएका राईले चापागाउँ दोबाटोमा ड्युटी गरिरहेका ट्राफिक प्रहरी हवल्दार सुनिल शाहमाथि कुटपिट गरेका थिए। शाहलाई कुटेर फरार भएका राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय … Read more

बारामा प्रहरी ज्यादती विरुद्ध आन्दोलन चर्किंदो

 ५ श्रावण, बारा बारामा प्रहरी ज्यादती विरुद्ध आन्दोलन चर्किंदै गएको छ । जिल्लाको सदरमुकाम कलैयामा शुक्रबार भएको सर्वदलिय विरोध प्रर्दशनमाहजारौं सर्वसाधारणले सहभागिता जनाएका छन् । बारा प्रहरीले गत मंगलबार साँझ समाजसेवी एवं नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादवलाई घण्टौं नियन्त्रणमा राखेरअमानविय तवरले शारीरिक तथा मनसिक यातना दिएको विरोधमा प्रर्दशन भएको हो । यादव र नेकपा … Read more

बाराको जीतपुरमा खुलेयाम म्याद सकेका औषधी बेचिदै

श्रावन ५ गते । बारामा खुलेयाम तरिकाले म्याद सकेका औषधी बेचिदै छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा म्याद सकेको औषधी बेचिएको पाइएको हो । जीतपुरस्थित रहेको जीतपुर पोलि क्लिनिकमा सेवाग्राहीलाई म्याद सकेको औषधी दिएपछि यो कुुरा बिहिरिएको हो । जीतपुरका एक जना ग्राहकले सो औषधी पसलमा मुभ नामक मल्हम किन्न जादा २ … Read more

प्रधानमन्त्री प्रचण्ड शनिबार इटली जाने

काठमाडौं, साउन ३- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली जाने भएका छन्। बुधबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटली भ्रमण स्वीकृत गरेको हो। प्रधानमन्त्री प्रचण्ड शनिबार (साउन ६ गते) साँझ ६ बजे इटली प्रस्थान गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय आयोजना हुने युनाइटेड नेसन्स फुड … Read more

नेकपा (एस)सहित ५१ दल आयोगको कारबाहीमा, ३९ लाई जरिवाना

काठमाडौं, साउन २– निर्वाचन आयोगले कानुनबमोजिम आर्थिक व्यवस्थापन पारदर्शी नगर्ने र आयोगको निर्देशन अवज्ञा गर्ने राजनीतिक दललाई कारबाही गरेको छ। आयोगको कारबाहीमा पर्नेमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसमेत छन्। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आयोग पदाधिकारीको सोमबार बसेको बैठकले … Read more