hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet giriş

बाराः घरायसी विवाद हुदा मियाँले गरे श्रीमतीको घाँटी रेटी हत्या

बारा, श्रावन १० गते ।

बाराको सिम्रौनगढमा एक व्यक्तिले घरायसी विवादका कारण आफ्नै श्रीमतीको हत्या गरेका छन् । भारतको विहारको पूर्व चम्पारण चिरैया थानाअन्तर्गत पर्ने रूपौलिया गाउँका २७ वर्षीय अमुरूल मियाँले सिम्रौनगढ – ६ निवासी श्रीमती २२ वर्षीय आस्मिन खातुनको धारिलो हतियारले घाँटी रेटी हत्या गरेका हुन् ।

मियाँ र खातुन बिच लामो समयदेखि घरायसी विषयमा विवाद चल्दै आएको थियो, सोही विवादलाई लिएर बुधवार बिहान खातुनको घर पुगेर उनी सुतिरहेको अवस्थामा मियाँले धारिलो हतियार प्रयोग गरि घाँटी रेटी हत्याको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

श्रीमतिमाथी आक्रमण पछि घरका सदस्यहरूले होहल्ला गरेपछि स्थानीयहरूले श्रीमान मियाँलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए । घटनाको थप अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।