सितलहरमा साथ, न्यानोपनमा विश्वास ः गढीमाई साझेदारी वनद्वारा निःशुल्क दाउरा वितरण अभियान

रञ्जन यादब /बारा बढ्दो चिसो र कठ्याङ्ग्रिँदो सितलहरका कारण सर्वसाधारण नागरिकको दैनिकी प्रभावित भइरहेका बेला “सितलहरमा साथ, न्यानोपनमा विश्वास” भन्ने मूल नाराका साथ गढीमाई साझेदारी वन उपभोक्ता समूह, पथलैया ले निःशुल्क दाउरा वितरण तथा आगो ताप्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । डिभिजन वन कार्यालय, बाराको समन्वयमा सञ्चालन भइरहेको उक्त अभियान अन्तर्गत बाराका जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर … Read more

हातेमालो बचत तथा ऋण सहकारीद्वारा सार्वजनिक भ्रमबारे स्पष्टिकरण

रञ्जन यादब /बारा बाराको सिमरामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक सञ्जालमा फैलाइएका भ्रामक तथा अपूर्ण सूचनाप्रति आपत्ति जनाउँदै यथार्थ विवरण सार्वजनिक गरेको छ । ंसंस्थाले सञ्चालन गर्दै आएको जीवनवृत्ति बचत योजना सम्बन्धमा बचतकर्तामाथि अन्याय गरिएको भन्ने आरोप सामाजिक सञ्जालमा उठेपछि त्यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। संस्थाका अनुसार योजना सञ्चालनका क्रममा … Read more

कलैयामा बहिरा अधिकारको पक्षमा राष्ट्रिय भेला, ४२ जिल्लाबाट सहभागिता

रञ्जन यादब /बारा बाराको कलैयामा बहिरा समुदायका अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित राष्ट्रिय स्तरको भेला तथा २९औँ वार्षिक साधारणसभा सुरु भएको छ। “सांकेतिक भाषाको अधिकार बिना मानव अधिकार सम्भव छैन” भन्ने मूल नाराका साथ राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा आयोजित उक्त कार्यक्रममा देशभरका ४२ जिल्लाबाट बहिरा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कलैयास्थित करण राज प्यालेसमा आयोजना … Read more

साना किसान कृषि सहकारी संस्था डुमरबानाको २९ औँ बार्षिक सधारण सभा सम्पन्न , १ अर्ब ९५ करोडको कारोबार

रञ्जन यादब /बारा साना किसान कृषि सहकारी संस्था लिमिटेड, डुमरबानाको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१४ अन्तर्गत मौलापुरमा सम्पन्न साधारण सभामा संस्थाकी ८२ वर्षीया जेष्ठ महिला शेयर सदस्य चन्द्रकली रिजाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साधारण सभामा प्रस्तुत विवरणअनुसार संस्थाले ८ हजारभन्दा बढी शेयर सदस्यहरूबाट १० करोड ७८ लाख रुपैयाँ शेयर पुँजी … Read more

बाराको औराहामा माघ २६ देखि शिव महापुराण यज्ञ आयोजना हुँदै

रञ्जन यादब /बारा बारा जिल्लाको औराहा क्षेत्रमा यही माघ २६ गतेदेखि भव्य शिव महापुराण महायज्ञ–२०८२ सुरु हुने भएको छ। श्री पशुपतिनाथ महादेव मन्दिर, औराहाको आयोजनामा सञ्चालन हुन लागेको उक्त महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। महायज्ञबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले धार्मिक, सांस्कृतिक तथा सामाजिक उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको स्पष्ट … Read more

जितपुरसिमरा उद्योग वाणिज्य संघद्वारा सडक अतिक्रमण र व्यवसायीमाथिको दुव्र्यवहारप्रति आपत्ति

रञ्जन यादब /बारा बारा जितपुरसिमरा नगर उद्योग वाणिज्य संघ ले बाराको जितपुर बजार क्षेत्रमा बढ्दै गएको सडक अतिक्रमण, व्यवसायीमाथि भएको दुव्र्यवहार र संघको आगामी अधिवेशनका सम्बन्धमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ। संघका अध्यक्ष मोहन शर्मा लामिछानेले एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सञ्चार माध्यममा आएका समाचार र बजार क्षेत्रमा घटेका घटनाहरूप्रति संघको गम्भीर … Read more

प्राविधिक शिक्षा र विदेश रोजगारी जोड्ने जनता मावि, ४० वर्षको यात्रामा नयाँ पहिचान

रञ्जन यादब /बारा सामान्य सामुदायिक विद्यालयको छवि तोड्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ रजघट्टास्थित जनता माध्यमिक विद्यालय पछिल्ला वर्षहरूमा प्राविधिक शिक्षा र रोजगारीसँग प्रत्यक्ष जोडिने शिक्षालयका रूपमा अगाडि बढिरहेको छ। यही परिवर्तित यात्राको समीक्षा र उपलब्धिको सार्वजनिक घोषणा स्वरूप विद्यालयले बिहीबार ४० औँ स्थापना दिवस तथा ४१ औँ अभिभावक दिवस संयुक्त रूपमा मनाएको छ। विद्यालय प्राङ्गणमा आयोजित … Read more

एच.आई.भि. सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरण गर्न सिमरामा अन्तरक्रिया

रञ्जन यादब /बारा ।एच.आई.भि. सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय बाराको आयोजनामा सिमरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रवि भास्करले एच.आई.भि. के हो, यसका प्रमुख लक्षण, संक्रमण फैलिने तरिका, बच्ने उपाय तथा एच.आई.भि. सङ्क्रमित व्यक्तिप्रति गरिने भेदभाव र लाञ्छनाले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे … Read more

वन्यजन्तुमैत्री पूर्वाधार कार्यान्वयनमा जोड, दुर्घटना न्यूनीकरणका उपाय अपरिहार्य

रञ्जन यादब /बारा निकुञ्ज तथा वन क्षेत्र भएर जाने राजमार्गमा हुने सडक दुर्घटनाबाट मानव र वन्यजन्तुको क्षति न्यूनीकरण गर्ने उद्देश्यले सरोकारवाला निकायहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। पर्सा राष्ट्रिय निकुञ्ज अाधाभारकाे अायाेजनामा भएकाे अन्तरक्रिया कार्यक्रममा ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका–२०७८’ लाई योजना, डिजाइन, निर्माण तथा अनुगमनका सबै चरणमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। अन्तर्क्रियामा … Read more

शितलहरबाट राहत दिन बारामा निःशुल्क दाउरा वितरण र आगो ताप्ने व्यवस्था सुरु

रञ्जन यादब /बारा बारा जिल्लामा बढ्दो शितलहरबाट प्रभावित सर्वसाधारणलाई राहत प्रदान गर्ने उद्देश्यले डिभिजन बन कार्यालय बाराले निःशुल्क दाउरा वितरण तथा आगो ताप्ने व्यवस्था सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा डिभिजन वन कार्यालय बाराले नेपाली सेना लगायतका सुरक्षा निकायको सहयोगमा सोमबारदेखि जिल्लाका विभिन्न स्थानहरूमा दाउरा वितरण तथा आगो ताप्ने व्यवस्थाको कार्य प्रारम्भ गरेको … Read more