hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

देशमा सोचेअनुसार विकास गर्न सकिएनः सभामुख घिमिरे

झापा, पुस ०२- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोचेअनुसार देश विकास गर्न नसकिएको बताएका छन् । हल्दिबारी गाउँपालिका–२ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले केही उदासीनताका कारण देशमा सोचेअनुसार विकास गर्न नसकिएको बताए । संसद् विकास कोषको रकम रोकिएकाले पनि संसद्को निर्वाचन क्षेत्रमा हुने विकास निर्माणका आयोजनामा प्रत्यक्ष असर … Read more

‘मन्त्री होइन, प्रधानमन्त्रीकै कारण सरकार असफल’

काठमाडौं, पुस २- प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सम्हालेको एक वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषद् बैठकमा किचलो उत्पन्न भएको छ। यही पुस १० गते प्रधानमन्त्री दाहालले सत्ता सम्हालेको एक वर्ष पुग्न लाग्दा गत बिहीबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरू अघिल्ला बैठकहरूमा भन्दा फरक रूपमा प्रस्तुत हुँदा किचलो उत्पन्न भएको हो। यसको खास कारण प्रधानमन्त्री दाहालले बिहीबार मन्त्रिपरिषद् बैठक बस्नुअघि … Read more

आज टिकटकविरुद्धको मुद्दाको सुनुवाइ, खोल्ने प्रधानमन्त्रीको संकेत

काठमाडौं, मंसिर १९– टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ। १४ वटा मुद्दाको आज एकै पटक आज पूर्ण सुनुवाई हुन लागेको हो। यसअघि गत मंसिर पाँच गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो। कार्तिक … Read more

क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै चितवन राष्ट्रिय निकुञ्ज

चितवन, मंसिर १८- चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न राखिएका क्यामेरा झिकेर अध्ययनको काम थालिएको हो । माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको ‘इकोलोजिकल मोनिटरिङ’ गर्नका लागि क्यामेरा ट्यापिङ् गरिएको थियो । असोज २५ गतेदेखि राखिएका क्यामेरा एक … Read more

नवराज विकसहित ६ जनाको हत्या भएको घटनाको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, मंसिर १७- रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर तीन वर्षअघि नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बिन्धत मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्च अदालत प्रशासनका अनुसार यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ । आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । त्यसप्रति प्रतिवादीहरुका तर्फबाट बहस भएपछि … Read more

दुर्गा प्रसाईंको दाबीः फागुन १ मा ‘राजाको हात’बाट बत्ती बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ

काठमाडौं, मंसिर १७- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईंले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताएका छन् ।आइतबार पत्रकार सम्मेलनमा बोल्दै उनले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईंले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताएका हुन् । उनले व्यवस्था परिवर्तनको आन्दोलन घोषणा गरेका प्रसाईंले मंसिर ३० गतेभित्र … Read more

नक्कली भुटानी शरणार्थी प्रकरणः उच्च अदालत पाटनबाट आज आदेश आउने

काठमाडौं, मंसिर १५– नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनबाट शुक्रबार आदेश आउने भएको छ। मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि सुनुवाइ बिहीबार सकिएको हो। अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले बिहीबार बहस सकिए पनि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको र शुक्रबार आदेश आउने जानकारी दिए। न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा मंसिर ५ गतेदेखि निरन्तर थालिएको सुनुवाइ … Read more

कोप २८ मा सहभागी हुन प्रधानमन्त्री बुधबार यूएई जाने

काठमाडौँ, मंसिर ११- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधार यूएई जाने भएका छन् । मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यूएई जान लागेका हुन् । भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् । प्रधानमन्त्री प्रचण्डले … Read more

पूर्वराजाले पृथ्वी नारायण शाहको सालिक अनावरणपछि झापामा शक्ति प्रदर्शन

काठमाडौं, मंसिर ९- पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन् । बिर्तामोड १ मा रहेको इकम कलेजको प्राङ्गणमा निर्माण भएको पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने पूर्वराजा ज्ञानेन्द्र झापा पुगेका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि त्यहाँ खटिएका छन् । आजको कार्यक्रममा ८ … Read more

नेपालका भूकम्पपीडितलाई इयूले २८ करोड ८० लाख सहायता दिने

काठमाडौँ,कात्तिक ३०- युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहयोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ। इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। आवास, शुद्ध पेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको काठमाडौँस्थित युरोपेली सङ्घको … Read more