hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasusholiganbet

मन्त्रीहरू फेरिन्छन्, सरकारको नेतृत्व फेरिँदैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन ३०- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही सरकारले निरन्तरता पाउने बताएका छन्। उनले सरकारको नेतृत्व तलमाथि नहुने बताए। ‘यसबीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ। तर यसको अर्थ सरकारको नीति फेरिँदैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज भएको दोस्रो चौमासिक समीक्षामा बोल्दै उनले भने, ‘मन्त्रीहरू फेरिनुहुन्छ, तर सरकारको नीतिगत प्राथमिकता फेरिँदैन। कर्मचारी प्रशासनले पनि ती विषयलाई … Read more

शीतलनिवासबाट बिदा भइन् निवर्तमान राष्ट्रपति भण्डारी

काठमाडौं,फागुन २९- निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो दुई कार्यकाल पूरा गरी शीतलनिवासबाट बिदा भएकी छन् । सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएपछि भण्डारी शीतलनिवासबाट बिदा भएकी हुन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका तर्फबाट उपहार प्रदान गरे । राष्ट्रपति पौडेलले गाडीनजिकै पुगेर बिदाइ गरे । निजी निवासमा मर्मतको काम बाँकी … Read more

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ आज

काठमाडौं, फागुन २९- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि आज दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको … Read more

प्रधानमन्त्री प्रचन्डविरुद्धको मुद्दाको सुनुवाइ सकियो, आदेश आजै आउने

काठमाडौं, फागुन २६- प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ सकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट सुनुवाइ सकिएपनि आदेश आउन बाँकी छ । आदेश आजै आउने बताइएको छ । ३ वर्षअघि माघीका दिन काठमाडौंको टुँडिखेलमा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले फौजदारी अभियोगमा कारबाही गरिनुपर्ने … Read more

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौँ, फागुन २६– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । यसअघि बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको आजका लागि पेसी तोकिएको हो । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश … Read more

बारामा बस दुर्घटना, २९ जना घाइते २ को अवस्था गम्भीर

बारा, फाल्गुन २५ गते । बारामा बस दुर्घटना २९ जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । पथलैया–विरगञ्ज सडकखण्ड अन्तर्गत सिमराको हुलासमा बिहिवार दिउँसो बस दुर्घटना भएको छ । वीरगन्जबाट नारायणघाटतर्फ जादै गरेको ना५ख २१४८ नम्बरको बस दुर्घटना भएको हो । बस दुर्घटनामा २९ यात्रु घाइते भएका … Read more

ब्याजदर घटाउने बाटो खोज्दै बैंकहरु

२४ फागुन, काठमाडौंं । कर्जा र निक्षेपको औसत ब्याजदर अन्तर (स्प्रेड दर) घटाउनुपर्ने भएपछि बैंक तथा वित्तीय संस्थाले प्रिमियम बढी रहेको कर्जाको ब्याजदर घटाउन लागेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत २०८० असार मसान्तभित्र स्प्रेड दर ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । मौद्रिक नीतिको … Read more

तेस्रो राष्ट्रपतिको लागि आज मतदान हुँदै, आजै मत परिणाम आउने

काठमाडौँ, फागुन २५– नेपालको तेस्रो राष्ट्रपतिको लागि आज मतदान हुँदै छ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक … Read more

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि, यस्तो छ परिक्षा तालिका

काठमाडौँ, फागुन २१– कक्षा १२ को परीक्षा आउँदो वैशाख २६ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ । बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले यस वर्षको कक्षा … Read more

नेपाली सेनामा रोजगारीको अवसर, कुन पदमा कति खुल्यो ?

काठमाडौं, फागुन १९- नेपाली सेनाले विभिन्न पदमा खुला तथा समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ । आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै जंगी अड्डा, भर्ना छनोट निर्देशनालयले विभिन्न भर्ती केन्द्रबाट दरखास्त दिने जानकारी दिएको हो । बन्दोबस्ती कार्य सिपाही, सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा भर्ना खुलेको नेपाली सेनाले जनाएको छ … Read more