बारा, फाल्गुन २५ गते ।
बारामा बस दुर्घटना २९ जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
पथलैया–विरगञ्ज सडकखण्ड अन्तर्गत सिमराको हुलासमा बिहिवार दिउँसो बस दुर्घटना भएको छ । वीरगन्जबाट नारायणघाटतर्फ जादै गरेको ना५ख २१४८ नम्बरको बस दुर्घटना भएको हो ।
बस दुर्घटनामा २९ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुइ अवस्था गम्भिर छ । घाइतेलाई सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको छ भने गम्भिर घाइतेलाई थप उपचारका लागी विरगञ्ज स्थित रहेको मेडिसिटि वयोद्या अस्पतालमा लगिएको छ ।
साइकललाई बचाउने क्रममा बस दुर्घटना भएको बताइएको छ । गम्भीर घाइते भएकाहरूको पहिचान खुल्न सकेको छैन ।