जीतपुरसिमराले प्रदुषण गर्ने ११ वटा उद्योगलाई पत्र काटेर दियो कडा चेतावनी ,प्रदुषण गर्ने जो कोहीलाई कार्बाही हुन्छ ः नगर प्रमुख पौडेल

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ । उपमहानगरपालिका क्षेत्र भित्र रहेका नन्दन घि एण्ड आयल ईन्डष्ट्रिज प्रा.लि.बजनी ,शिवशक्ति घि एण्ड आयल ईन्डष्ट्रिज जीतपुर ,गणपत्ती बनस्पती प्रा.लि .बजनी ,कोहिनुर टेक्सटाईल ईन्डष्ट्रिज प्रा.लि.,नेपाल सेरामिक ईण्डष्ट्रिज प्रा.लि. ,नेपाल स्टोनेक्स कम्पणी प्रा.लि. ,जगदम्बा स्टिल्स प्रा.लि.सिमरा ,हुलास स्टिल ईन्डष्ट्रिज सिमरा,नारायण लदर्स ईन्डष्ट्रिज … Read more

जीतपुरमा ५१ कुण्डीय वेदात्मा गायत्री महायज्ञ सुरु ,पहिलो दिन हजारौँको सङ्ख्यामा कलश यात्रा

रञ्जन यादब /बारा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित केराढोका बंगाली बाबा मन्दिरमा ५१ कुण्डीय वेदात्मा गायत्री महायज्ञ सुरु भएको छ । आज बिहीबारदेखि शुभारम्भ भएको महायज्ञको पहिलो दिन एक हजारभन्दा बढी श्रद्धालुहरूको सहभागितामा भव्य कलश यात्रा निकालिएको छ । बंगाली बाबा मन्दिर देखि सुरु भएको कलश यात्रा दुधौरा खोलाबाट जल लिई पुन … Read more

जीतपुरमा हुने गायत्री माहायज्ञको सम्पुर्ण तयारी पुरा , बिहिबार( भोलि) कलश यात्रा

रञ्जन यादब /बारा बाराको जीतपुर अवस्थित बंगाली बाबा युगधर्म आश्रम केराढोकामा बिहिबार फागुन १५ गते देखि हुने ५१ कुण्डीय वेदात्मा गायत्री माहायज्ञको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी यस बारेमा बिस्तृत रुपमा जानकारी दिएको हो । माहायज्ञको पहिलो दिन एक हजार भन्दा बढि सङ्ख्यामा कलश यात्रा निकालिने आयोजकले जनाएको छ … Read more

कोल्हबीको नयाँबस्तीबाट अवैध काठ चिरानमा संलग्न दुई जना पक्राउ

रञ्जन यादब /बारा बारा जिल्लाको कोल्हबी नगरपालिका–१, नयाँबस्तीमा अवैध काठ चिरान गर्दै गरेका दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा कोल्हबी–४ निवासी ६७ वर्षीय चतुरी चौधरी र ५५ वर्षीय भेदर चौधरी रहेका छन् । डिभिजन वन कार्यालय बाराबाट प्राप्त विशेष सूचनाको आधारमा गएको टोलीले घरको पछाडि लुकिछिपी हाते आराले काठ चिरेर झ्याल र ढोका बनाइरहेको … Read more

जीतपुरमा ५१ कुण्डीय गायत्री महायज्ञको तयारी तीब्र

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा नगरपालिका वडा नं. ७ जीतपुर अवस्थित बंगाली बाबा युगधर्म आश्रम केराढोकामा हुने ५१ कुण्डीय वेदात्मा गायत्री माहायज्ञको तयारी तिब्र पारिएको छ । गायत्री तीर्थ शांतिकुञ्ज हरिद्वारको तत्वावधानमा हुन गइरहेको यो महायज्ञ फाल्गुन १५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने जनाईएको छ ।महायज्ञमा हवन, जप, संगीत, प्रवचन तथा पुराण कथाका कार्यक्रमहरू रहने … Read more

समाजसेवी अमृत बस्याल राष्ट्रिय विभूति सम्मान २०८१’ बाट सम्मानित

रञ्जन यादब /बारा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनडुमरबाना, बाराले आफ्नो २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा समाजसेवी अमृत बस्याललाई सम्मान गरेको छ ।समाजसेवा, न्यायिक अभियान तथा मानव सेवामा उहाँको सक्रिय योगदानलाई कदर गर्दै विद्यालयले उहाँलाई सम्मान–पत्र प्रदान गरेको हो। बारा जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका–१, सिमरा निवासी बस्यालले विभिन्न सामाजिक कार्यमा योगदान दिँदै आएका छन् ।विद्यालयका प्रधानाध्यापक … Read more

कोल्हवीमा छड्के अपरेशन ः एक जना पक्राउ, साइकलसहित काठ बरामद

रञ्जन यादब /बारा बाराको कोल्हवी नगरपालिकाको विभिन्न स्थानबाट साल जातको काठसहित एक जना मानिस पक्राउ परेका छन् । नेपाल प्रहरी तथा कोल्हवी सवडिभिजन वन कार्यालयका कर्मचारीहरूको सहभागितामा गरिएको छड्के अपरेशनमा अवैध रूपमा काठ ओसारपसार गर्ने व्यक्तिलाई पक्राउ गर्न सफल भएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए । कोल्हवी नगरपालिका–४ … Read more

डुमरबानामा राजु महतो स्मृति मिनी–म्याराथन – २०८१ सफलता पूर्वक सम्पन्न,एक सय बिद्यार्थी एक साथ दौडे

रञ्जन यादब /बारा राष्ट्रिय विभूति एलुम्नाइ (एसईई ब्याच –२०७३) द्वारा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनको सहकार्यमा आयोजित राजु महतो स्मृति मिनी–म्याराथन – २०८१ भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा छात्र तथा छात्रा गरी जम्मा १ सय जना खेलाडिहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा छात्रतर्फ लोटस एकेडेमी, सिमराका राजाबाबु दास प्रथम स्थान हासिल गर्दै १८ … Read more

औराहामा मौसम अनुसारको तरकारीको हाइब्रिड बीउ बितरण हुने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ द्वारा वार्षिक मौसम अनुसारको तरकारीको हाइब्रिड उच्च जातको बीउ शुक्रबार निःशुल्क वितरण गरिने भएको छ । वडाध्यक्ष भोजहादुर खत्रीका अनुसार, कृषकहरूलाई व्यावसायिक कृषिमा प्रोत्साहित गर्ने उद्देश्यले वडाले निःशुल्क बीउ वितरणको कार्यक्रम ल्याएको हो। स्थानीय उत्पादन वृद्धिमा टेवा पुर्याउने उद्देश्यले वडाले यस प्रकारका विभिन्न कृषक–हितका कार्यक्रमहरू सञ्चालन गर्दै … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी ७५ औँ प्रजातन्त्र दिवस मनायो

रञ्जन यादब /बारा ७५ औं प्रजातन्त्र दिवसको अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले झण्डोत्तलन ,ं कार्यालय परिषर भित्र सरसफाई र मैनबत्ती बालेर दिपावली कार्यक्रमको आयोजना गरेर प्रजातन्त्र दिवस मनाएको छ । नगर प्रमुख राजन पौडेलले नगर कार्यपालिकाको कार्यालयमा एक कार्यक्रमका विच झण्डोत्तलन गर्नु भएको हो । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका … Read more