नेपोभिट अन्तर्राष्ट्रिय महिला फुटबल सिमरामा, सम्पूर्ण तयारी सम्पन्न

रञ्जन यादब /बारा बाराको सिमरा रंगशाला आगामी भदौ २१ गतेदेखि महिला फुटबलको उत्सवले गुञ्जिने भएको छ। सिमरा भेट्रान क्लबले आयोजना गर्ने नेपोभिट जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता का लागि सम्पूर्ण तयारी पूरा भएको क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उपमहानगरपालिका मुख्य सहयोगी संस्थाका रूपमा … Read more

‘अभिमन्यु’को कथा नै आकर्षण हुने नायक चौरसियाको विश्वास

रञ्जन यादब /बारा बाराको सिमरामा आयोजित पत्रकार सम्मेलनमा सिनेमा ‘अभिमन्यु ः च्याप्टर–१’ का मुख्य नायक कामेश्वर चौरसियाले फिल्मको सफलता पात्रभन्दा पनि यसको कथा र बिषयवस्तुमा निर्भर हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, दर्शकले यसपटक नायक–नायिकाको बाहिरी रौनकभन्दा पनि फिल्मले बोकेको कथा–वस्तु र यसको प्रस्तुति हेरेर हलमा आउनेछन्। उनले भने, “यो फिल्म नायकलाई हेर्ने हैन, … Read more

बकुलिया कलेजमा नियमित आउँने विद्यार्थीलाई साईकल प्रदान

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–५ मा अवस्थित बकुलिया कलेजमा नियमित रुपमा कक्षा कोठामा अध्ययनरत विद्यार्थीहरुलाई साईकल वितरण गरिएको छ। वडा नं.५ कार्यालयको पहलमा ७० प्रतिशत भन्दा बढी हाजिरी पुगेका बी.एड.मा अध्ययनरत १० जना विद्यार्थीलाई साईकल वितरण गरिएको वडा अध्यक्ष दिपेन्द्र चौधरीले जानकारी दिए।कलेजका प्रमुख जयमंगल यादवले टाढा–टाढाबाट आवतजावत गर्ने विद्यार्थीलाई साईकलले सहजता ल्याउने बताए। साथै, … Read more

जीतपुर गौशाला प्रकरणमा क्षतिपूर्ति माग खारेज, सार्वजनिक जग्गा संरक्षणमा नगरको कदमलाई अदालतको मान्यता

रञ्जन यादब /बारा जीतपुर गौशालामा डोजर लगाएर संरचना भत्काएको विषयमा क्षतिपूर्ति माग्दै दायर गरिएको मुद्दामा जिल्ला अदालत बाराले बुधबार माग दाबी नपुग्ने फैसला गरेको छ। बिरेन्द्र संघाईले जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित सार्वजनिक जग्गा भत्काएको भन्दै नगरप्रमुख राजन पौडेल, वडा नं. ७ का अध्यक्ष सुनिल गुप्ता र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीविरुद्ध व्यक्तिगत तवरले क्षतिपूर्ति माग … Read more

भवनको अभाव झेल्दै आएका शान्ति आधारभूत विद्यालयमा ६ कोठे नयाँ भवन निर्माण

रञ्जन यादब /बारा भवनको अभाव झेल्दै आएका बिकट र दुर्गम क्षेत्रमा रहेका जीतपुरसिमरा उपमहानगरपालिका–१६, टाँगिया बस्ती स्थित शान्ति आधारभूत विद्यालयलाई ६ कोठे नयाँ भवन हस्तान्तरण गरिएको छ ।श्री साथी नेपालको समन्वय र चाइल्ड रेस्क्यु नेपालको सहकार्यमा निर्माण गरिएको भवनको उद्घाटन बारा क्षेत्र नं. ३(क) का प्रदेशसभा सदस्य रविन्द्र दास श्रेष्ठले गरेका हुन्। उनले साथी नेपालले … Read more

अपाङ्ग बालबालिकाका लागि निर्माण गरिएको आवासीय भवनको उद्घाटन

रञ्जन यादब /बारा नेपाल अपाङ्ग सेवा संघ बाराको कम्पाउन्डमा अपाङ्गता भएका बहिरा, सुस्तश्रवण तथा बौद्धिक बालबालिकाका लागि निर्माण गरिएको चार कोठे आवासीय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल अपाङ्ग सेवा संघ बारा र श्री ने.रा.मा.वि. सिमराको संयुक्त आयोजनामा, श्री रेस्क्यु नेपाल ललितपुरको सहयोग र श्री साथी नेपालको समन्वयमा ३५ लाख रुपैयाँ लागतमा … Read more

लायन्स क्लब अफ जीतपुर–सिमराद्वारा लागुऔषध दुरुपयोगविरुद्ध जनचेतना अभियान ,समुदाय स्तरको नाटक र विद्यालयमा अन्तरक्रियात्मक डेमो

रञ्जन यादब /बारा बाराको जीतपुरमा लायन्स क्लब अफ जीतपुर–सिमराले सानो पाइला, बिरगंज र इलाका प्रहरी कार्यालय, जीतपुरको सहकार्यमा लागुऔषध दुरुपयोगविरुद्धको अभियान सम्पन्न गरेको छ। अभियानअन्तर्गत समुदायलाई सचेत बनाउन नाटक प्रस्तुति गरिएको थियो भने विभिन्न विद्यालयमा अन्तरक्रियात्मक डेमोमार्फत विद्यार्थीलाई लागुऔषधको हानिकारक प्रभावबारे जानकारी दिइएको थियो। करिब ४५०–५०० जनाको सहभागिता रहेको अभियानलाई स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्ने … Read more

विद्यालय शिक्षा विधेयकमा सहमती कार्यान्वयन नभएको भन्दै शिक्षक महासङ्घको ध्यानाकर्षण

रञ्जन यादब /बारा नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकसम्बन्धी विगतका सहमती कार्यान्वयन नभएको भन्दै बाराका बिभिन्न पालिकाको प्रमुख प्रशासकिय अधिकृतहरुलाई ज्ञापन पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल शिक्षक महासंघका प्रतिनिधि शंकर अचार्यको नेतृत्वमा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाईलाई ज्ञापन पत्र बुझाईएको छ ।बुझाईएको ज्ञापन पत्रमा महासङ्घले … Read more

बन क्षेत्रमा हिंस्रक जनावरको गतिविधि बढ्दा सतर्कता अपनाउन आग्रह ,राजमार्गमा सवारी साधन रोक्न निषेध

रञ्जन यादब /बारा पर्सा राष्ट्रिय निकुञ्ज तथा आसपासको बन क्षेत्र भएर जाने राजमार्ग क्षेत्रमा पछिल्लो समय बाघ, चितुवालगायतका हिंस्रक बन्यजन्तुको गतिविधि बढेकाले राजमार्गमा सवारी साधन रोक्न निषेध गरिएको छ । बेलाबेलामा मानिसहरू पनि यस्ता जनावरको आक्रमणमा परी क्षतिग्रस्त हुने घटना भइरहेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ । यसै सन्दर्भमा हिंस्रक बन्यजन्तुको आक्रमणबाट जनधनको क्षति न्यूनीकरण … Read more

जीतपुरसिमरा उपमहानगरको न्यायिक समितिमा गत वर्ष १८४ मुद्दा दर्ता ,जग्गा सम्बन्धी मुद्दा सबैभन्दा धेरै, असार मसान्तसम्म ९० मुद्दाको फैसला

रञ्जन यादब /बारा गत आर्थिक वर्ष २०८१÷०८२ मा जीतपुरसिमरा उपमहानगरपालिकाको न्यायिक समितिमा जम्मा १ सय ८४ वटा मुद्दा दर्ता भएका छन्। समितिले तीमध्ये असार मसान्तसम्म ९० मुद्दाको फैसला गरिसकेको छ भने बाँकी मुद्दा प्रक्रियामा रहेका छन्। गत वर्ष दर्ता भएका मुद्दामध्ये जग्गा सम्बन्धी ६५ मुद्दा सबैभन्दा धेरै रहेका छन्। त्यसपछि लेनदेनका ४३ मुद्दा दर्ता भएका … Read more