सत्ता गठबन्धन भत्काएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु

काठमाडौं, माघ १६– राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो । सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ । विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै … Read more

आज देखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौं, माघ १६– कात्तिक १६ देखि माघ १५ गतेसम्म तीन महिना बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे नै बन्द हुने गर्छन्। आजदेखि भने बिहान १० बजेदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन्। गृह मन्त्रालयले बर्सेनी राजपत्रमा सूचना प्रकाशन गरी कार्यालय हाजिर हुने र छुट्ने समय तोक्ने गरेको छ । वैशाख १ गतेदेखि … Read more

रविलाई तुरुन्त गृहमन्त्री पदमा फर्काउन एमालेको दबाव, प्रधानमन्त्री छैनन् तयार

काठमाडौं, माघ १५- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई गृहमन्त्री पदमा फर्काउन एमालेले दबाव दिएको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट स्रोतले यसको पुष्टि गर्दै उनलाई तुरुन्तै बहाली गर्ने पक्षमा बालुवाटार नरहेको जानकारी दियो । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले फोन गरेर प्रचण्डलाई यस्तो ‘सुझाव’ दिएका छन् । ‘उहाँमाथि गम्भीर चार्ज … Read more

नेप्सेमा १४.६८ अंकको गिरावट

१५ माघ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १४.६८ अंकले घटेको छ । आइतबार बजार परिसूचक नेप्से शून्य दशमलव ६७ प्रतिशतले गिरावट हुँदा २१६८.५३ बिन्दुमा बन्द भएको छ । २६७ धितोपत्रको ५१ हजार ९७३ वटा कारोबारबाट ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । यसबाट ३ अर्ब १ करोड … Read more

चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा ६३ करोडको काम, अनियमितता भेटिएन

काठमाडौँ, माघ १५- चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा ६३ करोड रूपैयाँभन्दा बढीको काम भएको सरकारी अध्ययनले देखाएको छ । केन्द्र सरकारदेखि भरतपुर महानगरसम्मले पटक–पटक वित्तीय र प्राविधिक मूल्यांकन गरे पनि अहिलेसम्म प्रतिवेदन भने सार्वजनिक गरिएको छैन । जनस्तरबाट सहयोग संकलन गरी धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको सुरुवात गरेको थियो । भरतपुर महानगपालिकासँगको सहकार्यमा निर्माण थालिएको रंगशाला … Read more

रवि लामिछानेले लिए जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता

चितवन,माघ १५- निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेका छन् । लामिछाने आज नागरिकता पुन: प्राप्तिको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं गएका थिए । सर्वोच्च अदालतले शुक्रबार रविले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको थियो । सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि रविले मन्त्री र सांसद पद गुमाएका … Read more

रवि लामिछानेलाई आजै पार्टी सभापति बनाउने रास्वपाको तयारी

काठमाडौं, माघ १५- राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । १३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो । रास्वपा प्रवक्ता मुकुल ढकालका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको हो । ढकालले भने, … Read more

रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाने

काठमाडौं,माघ १४- रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् । ‘उहाँ आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जानुहुन्छ भन्ने खबर आएको छ,’ गृह स्रोतले भन्यो, ‘प्रशासनबाट उहाँको … Read more

नागरिकता लिएपछि रवि लामिछाने फेरी गृहमन्त्री बन्ने

काठमाडौं,माघ १४- निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुनःप्राप्ति प्रक्रिया थाल्ने भएका छन् । अहिले सर्वोच्चले नेपाली नागरिकता पुनःप्राप्ति प्रक्रिया अपनाउनुपर्ने फैसला गरेसँगै लामिछानेले नेपाली नागरिकता पुनःप्राप्ति प्रक्रियामा जाने तयारी गरेको स्रोतको दावी छ । सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गएको थियो … Read more

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

१४ माघ, बुटवल । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एलिजाको जिम्मेवारी टुंगो नलागेको बताइन् । ‘उहाँ … Read more