hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahiscasinolevantbetasus

आज २०८० साल पुस २० गते शुक्रबार,यस्तो छ तपाईको राशिफल

पुस २०-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न मद्दत पुर्याउने र शरीरमा ऊर्जा प्रदान गर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आहार विहारमा भने सजग रहन जरूरी छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन घरमै मनोरञ्जनपूर्ण रहला । सामाजिक तथा परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक भेटघाट हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । कुनै खबरले मनमा हर्ष र प्रसन्नता छाउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा झन्झट र समय खर्चनु पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सेयरबजारबाट राम्रै लाभ हुनसक्छ, तर मनमा दोधारको अवस्था सिर्जना होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाणीमा कुशलता आउने दिन परेको छ । नयाँ काम र करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भाग्य बलमा कमी भएको आभास गर्नु हुनेछ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बोलीवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।