बारा, पर्सासहित तराईका अन्य जिल्लाहरुमा चल्यो तातो हावा ‘लु’

बारा, जेष्ठ २१ गते ।

मध्य तराईका जिल्लाहरुमा तातो हावा (लु) चलिरहेको छ । मध्य तराईका जिल्लाहरु नवलपरासी, रुपन्देही, चितवन, बारा, पर्सा, सप्तरी, सिराहा, सर्लाही, महोतरी, जनकपुर लगायतका हावा ‘लु’ चलिरहेको मौसमवीद्ले बताएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमवीद् गोविन्द झाले मध्य तराईका जिल्लाहरुमा अहिले तातो हावा ‘लु’ चलिरहेको र अझै २ दिन चल्ने बताएका छन् । उनको अनुसार यो क्रम अझै २ दिनसम्म चल्ने सम्भावना छ । सप्तरीदेखि भैरहवासम्म तातो हावा लु बढी चलेको देखिन्छ छ ।

पछिल्लो समय गर्मी बढेसंगै तराईको जनजीवन कष्टकर बन्दै गइरहेको छ, भने स्थानीय तहहरुले धमाधम शैक्षिक संस्थाहरु बन्द गरिरहेका छन् । महाशाखाकाले (लु) चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि समस्याहरु देखिन सक्ने बताएको छ ।

लुबाट हुने समस्याबाट बच्नका लागि बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान,घाममा बढी नजान, हल्का लुगा लगाउ, सुती कपडा लगाउ, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।