रौतहटमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु

रौतहट, जेष्ठ ७ गते ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर रौतहटमा एक बालिकाको मृत्यु भएको छ। शनिबार साँझ रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ७ धरमपुरकी १२ वर्षीया रञ्जिताकुमारी महतोको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवका अनुसार आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु भएको थियो । बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवले बताउनु भयो ।