hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahiscasinolevantbetasus

मन्त्रीहरू फेरिन्छन्, सरकारको नेतृत्व फेरिँदैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन ३०-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही सरकारले निरन्तरता पाउने बताएका छन्। उनले सरकारको नेतृत्व तलमाथि नहुने बताए।

‘यसबीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ। तर यसको अर्थ सरकारको नीति फेरिँदैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज भएको दोस्रो चौमासिक समीक्षामा बोल्दै उनले भने, ‘मन्त्रीहरू फेरिनुहुन्छ, तर सरकारको नीतिगत प्राथमिकता फेरिँदैन। कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ।’

उनले वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने बताए।

‘मैले नेपाल सरकारका सचिवहरूलाई दिएको निर्देशन, संसदमा गरेको सम्बोधन र नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा मैले जेजति कुरा भनेको छु। तिनीहरू फेरिँदैनन्। कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ,’ उनले भने।