hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

नक्कली मोबिलको कालोबजारी गर्ने २ जना वीरगञ्जबाट पक्राउ

पर्सा, माघ गते ।

पर्सा जिल्लाको विरगञ्जबाट नक्कली मोबिलको कालोबजारी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको वीरगञ्ज महानगरपालिका – ३ छपकैयास्थित समसुन ट्रेडर्सका सन्चालकद्वय छपकैयाकै ३५ वर्षिय शेख आविद अली र वीरगञ्ज १७ अलौंका २३ वर्षिय शेष कौशललाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

विरगञ्को वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले छपकैयास्थित समसुन ट्रेडर्सको गोदममा छापा मारेर ठूलो परिमाणमा नक्कली मोबिलप बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताउनु भयो । प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार गोदमममा भण्डारण गरि राखिएको अवस्थामा नक्कली मोबिल १ हजार ५० लिटर, ब्रेक आयल ४५ डिब्बा, ब्याट्रीको पानी २ ग्यालेन र डिस्टिल वाटर १० लिटर बरामद गरिएको छ ।

पक्राउ परेका सन्चालकद्वय अली र कौशललाई मंगलबार पर्सा जिल्ला अदालतमा पेश गरि उनिहरु विरुद्ध कालो बजारी अन्तर्गतको कसूरमा ७ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनु भएको छ ।