एस.एस. पटेल, माघ ५ गते ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडाहरूको योजनाको सम्झौता वडामै हुने भएको छ । यस अघि जीतपुरसिमराका वडा स्तरीय सबै योजनाको सम्झौता नगरपालिकाबाटै हुदै आएको थियो ।
बिहिबार बसेको नगरको कार्यपालिका बैठकले अब वडाको सबै योजनाको सम्झौता वडामै हुने निर्णय गरेको जीतपुरसिमराउपमहानगरका नगरप्रमुख राजन पौडेलले बताउनु भयो ।
वडाको योजनाको सबै सम्झौता वडाबाटै गरेर काम सम्पन्न गरि रकम भुक्तानीको लागि मात्र नगरपालिकामा जानु पर्ने नगरप्रमुख पौडेलले बताउनुभयो । वडामा योजना सम्पन्न भएको वडाले दिएको सिफारिसको आधारमा नगरले भुक्तानी दिने नगर प्रमुखले बताउनु भयो ।