एस.एस. पटेल, बारा । पुस २७ गते ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुरमा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको व्यवस्थापन समिति गठन भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा ऐन २०७४ को अनुसार सो बिधयालयको व्यवस्थापन समितिको अध्यक्षमा सोहि वडाका वडा अध्यक्ष सुनिल कुमार गुप्ता सर्वसम्मतले चयन हुनुभएको हो ।
जिल्लाकै सबैभन्दा पुरानो स्कुल भनेर चिनिने श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालय जीतपुरको प्रांगणमा बुधवार विद्यालय व्यवस्थापन समिति गठनकोका लागि आयोजना गरिएको अभिभावक भेला बाट सुनिल कुमार गुप्ताको अध्यक्षतामा ४ सदस्यीय समिति सर्वसम्मत गठन गरिएको छ । व्यवस्थापन समितिको महिला सदस्यमा रिंकु देवी कानु सदस्यमा रमेश कुमार सहनी,अफरोज आलम र बिद्यालय शिक्षक अभिभावक संघको अध्यक्ष अफताब मिया ठकुराई चयन हुनुभएको हो ।
अभिभावक भेला कार्यक्रमको प्रमुख अतिथि रहेको प्रदेश सभा सदस्य देवनारायण चौधरीले आफु शिक्षा क्षेत्रमा प्रवेश गरेको बिद्यालयको कार्यक्रममा सहभागी हुदा निकै नै गर्व महासुसु गरेको र आउदो दिनमा प्रदेश सभा सदस्यको हैसियतले श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले सुनिल कुमार गुप्ताको अध्यक्षतामा गठन भएको ४ सदस्यीय बिद्यालय व्यवस्थापन समितिको सम्पूर्ण सदस्यलाई बधाई को साथ् साथै कार्यकालको सफलता को कामना दिनु भयो ।
श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको पूर्व अध्यक्ष रामबाबु प्रसाद कलवारले आफु सुनिल गुप्ताको अध्यक्षतामा गठन भएको समितिलाई सहयोग गर्ने र बिगतको कार्यकालमा उहाँले बिद्यालयको लागि गरेको कार्यहरुको बारेमा सबै समक्ष जानकारी गराउदै नवगठित बिद्यालय व्यवस्थापन समितिको सबै सदस्यलाई उहाँले हार्दिक बधाई एवं सफल कार्यकालको शुभकाम व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमलाइ समापन गर्दै वडा न ७ को अध्यक्ष एव श्री फकिरा गिरि राजेश्वर गिरिको अध्यक्ष सुनिल कुमार गुप्ताले अब आफुले आफ्नो कार्यकाल भित्र नै बिद्यार्थी संग कुनै शुल्क समेत न लिने गरेको र यस बिद्यालय बाट छिटै बैचलर लेभलको पढाई हुने गरि व्यवस्था गर्ने बताउनु भयो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारि, जीतपुरसिमरा उपमहानगर खेलकुद तथा शिक्षा शाखा प्रमुख शिवजी प्रसाद लगाएत पुर्व व्यवस्थापन समितिको अध्यक्ष र सदस्यलाई सम्मान समेत गरेको थियो । उक्त अभिभावक भेला कार्यक्रममा बिद्यालयको शिक्षक, शिक्षिका, जनप्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

