देउवा समूहबाट कांग्रेस बाराको सभापतिमा राजेश राय यादव पुनः सर्वसम्मत चयन

नेपाली कांग्रेस बाराको १५ औँ जिल्ला अधिवेशनबाट शेरबहादुर देउवा समूहका राजेश राय यादव पुनः जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका छन् ।

आइतबार बाराको कलैया उपमहानगरपालिका–१ स्थित राजजानकी मन्दिरको प्राङ्गणमा सम्पन्न जिल्ला अधिवेशनबाट यादव पुनः सभापतिमा चयन भएका हुन् ।

जिल्ला सभापति राजेश राय यादवको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वखानेपानी मन्त्री उमाकान्त चौधरी रहेका थिए ।