रञ्जन यादब /बारा २९ साउन
जीतपुरसिमरा उपमहानगरपालिका–१४ रजघट्टास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीको आँखा परीक्षण गरिएको छ।
विद्यालयमै आयोजना गरिएको निःशुल्क आँखा जाँच शिविरमा ५ सय विद्यार्थीको आँखाको परीक्षण गरिएको हो। रोटरी क्लब अफ वीरगन्जको सहकार्य तथा किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा परीक्षण गरिएका विद्यार्थीमध्ये २४ जनामा आँखासम्बन्धी समस्या पहिचान भएको डा. अमर केयालले जानकारी दिनुभयो।समस्या देखिएका विद्यार्थीलाई शिविरमै निःशुल्क औषधि उपलब्ध गराइएको छ भने आवश्यकताअनुसार थप उपचार र नियमित परीक्षणका लागि चिकित्सकीय परामर्शसमेत दिइएको छ।विद्यालय तहका बालबालिकामा आँखासम्बन्धी समस्या समयमै पहिचान गरी उपचारमा पहुँच पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।
किरण आँखा अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालय तथा समुदायमा पुगेर नियमित रूपमा यस्ता निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गर्दै आएको छ। अस्पतालले जीतपुरसिमराको सिमरामा सूर्य नेपाल अगाडि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको भवनको भुइँतलामा क्लिनिकसमेत सञ्चालन गर्दै आएको छ।




