hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

जीतपुरसिमराले राजनीतिक दलसँग योजना निर्माणमा सहकार्य र रचनात्मक सुझावकोलागि पत्रचार

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार पहिलो आवधिक योजना निर्माण प्रक्रिया सुरु गर्ने भएको छ। नगर कार्यपालिकाको कार्यालयले उपमहानगरभित्र सक्रिय सबै राजनीतिक दलका नगर कमिटीहरूलाई पत्राचार गर्दै योजना निर्माणमा सहकार्य र रचनात्मक सुझाव प्रस्तुत गर्न आग्रह गरेको छ।

उपमहानगरपालिकाका अनुसार आवधिक योजना नगरको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, रणनीति, स्रोत परिचालनका उपाय तथा सामाजिक–आर्थिक रुपान्तरणका कार्यक्रमहरूको मूल दस्तावेज हुने भएकाले राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण रहने नगर प्रमुख राजन पौडेलले बताए । योजना तर्जुमा गर्दा दलहरूले आगामी वर्षहरूको विकास प्राथमिकता, अवसर तथा समस्या पहिचानका आधारमा आफ्नो आधिकारिक राय तथा सुझाव पठाउन अनुरोध गरिएको छ।योजना निर्माणका क्रममा राजनीतिक दलहरूको २०७४ र २०७९ सालको नगर तथा वडास्तरिय घोषणापत्रलाई समेत आधार मानिने भएकाले ती घोषणापत्रहरू पनि लिखित रूपमा उपलब्ध गराउन उपमहानगरपालिकाले आग्रह गरेको छ।

उपमहानगर प्रमुख राजन पौडेलद्वारा हस्ताक्षरित सूचनामा योजनासम्बन्धी प्रत्यक्ष छलफलका लागि छिट्टै परामर्श गोष्ठी आयोजना गरिने उल्लेख छ। सो गोष्ठीमा सबै दलका प्रतिनिधिहरूको सक्रिय सहभागिता अपेक्षा गरिएको छ।राय तथा सुझाव समन्वयका लागि अधिकृत (आठौं) सुधन चौधरीलाई सम्पर्क व्यक्ति तोकिएको उपमहानगरपालिकाले जनाएको छ।