रञ्जन यादब /बारा
श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको पाँचौं अधिवेशन तथा १५ औँ साधारण सभा सिमरामा सम्पन्न भएको छ। अधिवेशनले नयाँ प्रेम कुमार बस्नेतको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती आगामी ४ बर्षको कार्यकालका लागि चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा बस्नेत, उपाध्यक्षमा मीन प्रसाद आपगाईं, कोषाध्यक्षमा यमनाथ ओझा, सचिवमा भिम प्रसाद सापकोटा र सह–सचिवमा मनहरी अधिकारी सर्बसम्मत निर्वाचित भएको संस्थाका निबर्तमान अध्यक्ष बेनि प्रसाद तिमल्सिनाले जानकारी दिए ।त्यसैगरी, सदस्यहरूमा केशव प्रसाद सुवेदी, सुवास भट्टराई,सम्झना बन्जरा र जुना घिमिरे रहेका छन् ।अधिवेशन भन्दा अगाडि भएको सधारण सभामा सहकारीको विगतका गतिविधिहरू, आर्थिक विवरण र आगामी योजना प्रस्तुत गरिएको थियो। सहभागीहरूले सहकारीको सेवा विस्तार र सदस्यहरूको आर्थिक सशक्तीकर विषयमा सुझाव राखेका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले श्रमिक वर्गको हितमा सहकारीले पु–याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले सहकारी गतिविधि अघि बढाउने अपेक्षा व्यक्त गरे। संस्थाले आफना शेयर सदस्यहरुलाई ९.८७ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । कार्यक्रममा असल बचतकर्ता सुर्य प्रसाद पौडेल र भावना राईलाई सम्मान गरेको छ ।त्यस्तै असल ऋणीको रुपमा अरुणा धमलालाई र दृष्टिबिहिन सदस्य बचतकर्ताको रुपमा अम्बिका पकुवाललाई सम्मान गरिएको संस्थाका ब्यवस्थापक सुस्मिता ढुङ्गानाले जानकारी दिईन् । एक जना शेयर सदस्यको मृत्युवरण पश्चात उनका परिवारजनलाई लिवर्टी माईक्रो लाईफको तर्फबाट रु२२,५०० रकम प्रदान गरी सम्मान गरिएको थियो ।

