hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetholiganbet

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा मैनबत्ती प्रज्ज्वलन र शोकसभा

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको स्मृतिमा बुधबार साँझ आफ्नो प्राङ्गण, जीतपुरमा मैनबत्ती प्रज्ज्वलन र शोकसभा आयोजना गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख राजन पौडेलले गणतन्त्रको महत्वप्रति जेनजी पुस्ता सजग हुनुपर्ने धारणा व्यक्त गरे। उनले राजतन्त्रको इतिहास स्मरण गर्दै भने, “राजतन्त्रमा सधैं राजाकै परिवारले शासन गर्ने र अन्यलाई दासको रूपमा हेर्ने परम्परा रहँदै आएको थियो। गणतन्त्र स्थापनाले यस परम्परालाई अन्त्य गरेर जनतालाई बराबरी अधिकार दिएको छ।”

नगर प्रमुख पौडेलले आफू तत्कालीन जनयुद्धमा होमिएका माओवादी लडाकु भएको अनुभव सुनाउँदै गणतन्त्र ल्याउन गरिएको संघर्षबारे विस्तृतमा बताएका थिए। उनका अनुसार जनताले पाएको गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि नयाँ पुस्ताले सचेत रहनुपर्ने आवश्यकता छ। कार्यक्रममा उपमहानगरपालिकाको प्रमुख प्रशाकिय अधिकृत शान्ति राज प्रसाँई , जनप्रतिनिधि , जेनजी आन्दोलनका प्रतिनिधिहरू, स्थानीय राजनीतिक दलका नेताहरू, नागरिक समाजका अगुवाहरू तथा सर्वसाधारणको समेत सक्रिय सहभागिता रहेको थियो।