hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

बारामा बाघको आक्रमण ः एक व्यक्तिको ज्यान गयो

रञ्जन यादब /बारा

बारा जिल्लामा बाघको आक्रमणमा परी एक व्यक्तिको ज्यान गएको छ ।मृतक जीतपुरसिमरा उपमहानगरपालिका–२२ निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ।बुधबार बिहान करिब ७ः३० बजे स्कुटर लिएर आधाभार जंगलतर्फ घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास सुरु गरेका थिए।

खोजतलासका क्रममा जंगलभित्र स्कुटर र घाँस मात्र भेटिएपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो। प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा त्यही क्षेत्रमा चप्पल र रगतका दाग फेला पारेको थियो। त्यसपछि प्रहरी र आधाभार ब्यारेकबाट खटिएको नेपाली सेनाको संयुक्त टोलीले जंगलभित्र शव बरामद गरेको बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।उहाँको अनुसार शवको टाउको नभएको र बाघको आक्रमणमा परेर मृत्यु भएको आशंका गरिएको छ । केहि महिना अगाडि पनि बाघको आक्रमणबाट बाख्रा चराउँन गएका बृद्धको मृत्यु भएको थियो ।