hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

सप्तरङ्गी साकोसले तीजको अवसरमा साँस्कृतिक तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ मा रहेको सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था रजघट्टाले हरितालिका तीजको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। प्रतियोगात्मक तथा सहभागितामूलक रूपमा आयोजित कार्यक्रममा तीजको मर्म र कला झल्काइएका थिए।प्रतियोगितामा एक्स सर्भिसमेन चिल्ड्रेन एकेडमी स्कुल प्रथम, राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन द्वितीय, नयाँ बस्ती समूह तृतीय र जनता मा.वि.ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

यस प्रतियोगितामा प्रथम पुरस्कार जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ को कार्यालयले, द्वितीय पुरस्कार जनता मा.वि. रजघट्टाले, तृतीय पुरस्कार राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले र सान्त्वना पुरस्कार बिन्दबासिनी सहकारीले प्रायोजन गरेका थिए। प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ तोकिएको थियो। साथै सहभागी सम्पूर्ण आमा समूहलाई प्रमाणपत्रसँगै एक–एक हजार रुपैयाँ सान्त्वना पुरस्कार वितरण गरिएको सप्तरङ्गी साकोसका कोषाध्यक्ष बिदुर कुमार खड्काले जानकारी दिए । यस्तै, तीजकै अवसरमा सहकारी संस्थाले जेष्ठ नागरिक महिला सम्मान कार्यक्रम समेत आयोजना गरेको थियो।

सोअवसरमा वडा नं.१५ की १०२ वर्षीया लक्ष्मी ठकुरी र वडा नं.१४ की ९७ वर्षीया हरिमाया दहाललाई सम्मानपत्र, दोसल्ला र पौष्टिक आहार प्रदान गरी सम्मान गरिएको आयोजक संस्थाका ब्यवस्थापक भोजराज ढकालले जानकारी दिए । संस्थाकी अध्यक्ष शोभा के.सि.को अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं.१४ की अध्यक्ष चयन गुरुङ रहनुभएकी थिइन्। उहाँले विजयी समूहलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ का वडा अध्यक्ष राम प्रसाद लामिछानेको बिशेष उपस्थिती रहेको थियो ।