hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

परवानीपुर गाउँपालिकाले बहुअरी सडक अवरोधबारे प्रेस विज्ञप्ति जारी

रञ्जन यादब /बारा

परवानीपुर गाउँपालिकाले वडा नं. ५ बहुअरीको मूल सडक निर्माणमा केहि व्यक्तिहरुले गरेको अवरोध र संचार माध्यममार्फत भ्रामक प्रचारबारे प्रेस विज्ञप्ति जारी गर्दै जनतालाई वास्तविकता सार्वजनिक गरेको छ। पालिकाले विगत तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गर्दै बहुअरीको मूल सडक निर्माणको प्रयास गर्दै आएको भए पनि राजनीतिक स्वार्थ राख्ने केही व्यक्तिहरुले पटक–पटक अवरोध गर्दै आएको गाउँपालिकाको प्रबक्ता महम्मद नुरुल होदा अंसारी द्धारा जारी बिज्ञेप्तिमा जनाईएको छ ।

पालिका अनुसार, २०८० साल माघ २० गते स्थानीय सरोकारवालाको भेलाबाट २५ फिटको सडक बनाउन सर्वसम्मत निर्णय भएको थियो। त्यसको आधारमा पटक–पटक सार्वजनिक सूचना जारी गरिएको भए पनि पछि केही व्यक्तिहरुले २१ फिटको सडक बनाउन माग गर्दै न्यायिक समितिमा उजुरी दर्ता गरेका थिए। न्यायिक समितिको निर्णयअनुसार २३ फिट चौडा सडक बनाउनुपर्ने भए पनि विभिन्न कारणले कार्य अवरुद्ध हुँदै आएको थियो।यसपछि २०८२ साल वैशाख २८ गते पुनः सरोकारवालाहरुको संयुक्त हस्ताक्षरसहित यथास्थितिमा सडक नाप नक्सा गर्न माग गरिएको थियो। सोही अनुरोधअनुसार न्यायिक समिति, वडा समिति, कार्यपालिका बैठक तथा १६ औं गाउँसभाबाट निर्णय गरी अन्ततः सडक निर्माण प्रक्रिया अगाडि बढाइएको पालिकाले जनाएको छ ।

प्राविधिक मूल्याङ्कनअनुसार, २५ फिट चौडा सडक बनाउँदा न्यूनतम १०० वटा निजी घर–पर्खाल भत्काउनुपर्ने, २३ फिटमा ९७ वटा र २१ फिटमा ८८ वटा घर पर्खाल भत्काउनुपर्ने अवस्था देखिएको छ। यस कारण सबै सरोकारवालाको सहमति नहुँदा अन्तिममा यथास्थितिमा १९ देखि २१ फिटसम्मको सडक ढलान हुने गरी काम अघि बढाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।पालिकाले राजनीतिक तथा व्यक्तिगत स्वार्थ राखी सडक निर्माण रोक्ने, संचारमाध्यममार्फत भ्रामक प्रचार गर्ने कार्य तत्काल रोक्न सम्बन्धित पक्षलाई चेतावनी दिंदै कानुनी प्रक्रिया मार्फत सडक निर्माण अगाडि बढाइने जनाएको छ। साथै आम जनतालाई गैरजिम्मेवार ढंगले भ्रममा नपरी विकास निर्माणलाई निरन्तरता दिन सहयोग गर्न अपील गरेको छ।