हरितालिका तीजको अवसरमा घण्टीमाइ साकोसद्वारा जेष्ठ महिला सदस्य सम्मान, कर्मचारी बिदाइ तथा स्वागत कार्यक्रम

रञ्जन यादब /बारा

घण्टीमाइ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हरितालिका तीज पर्व–२०८२ को अवसर पारेर विशेष सम्मान तथा बिदाइ–स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम अन्तर्गत ७५ वर्ष भन्दा माथिका १८ जना जेष्ठ महिला सदस्य आमाहरुलाई माला, अबिर र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

संस्थाका अध्यक्षकी अध्यक्ष कोपिला सिमखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले आमाहरुको योगदानलाई समाजको धरोहर भन्दै, भावी पुस्ताले पनि जेष्ठ नागरिकप्रतिको कर्तव्यलाई आत्मसात गर्नुपर्नेमा जोड दिएका छन्। सोही अवसरमा संस्थाकी कर्मचारी अस्मिता शर्मा लाई बिदाइ गरिनुका साथै नयाँ नियुक्त कर्मचारी प्रतिमा बिडारी र सुदिप चौधरीलाई स्वागत गरिएको थियो।

अध्यक्ष सिमखडाले कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी संस्था केवल आर्थिक गतिविधिमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वप्रति पनि अग्रसर रहेको स्पष्ट पारिन्। स्थानीय समुदायका प्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा उपस्थित सबैले यस प्रकारका सामाजिक र सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।