साना किसान कृषि सहकारी सिमराले अमलेखगञ्जस्थित गुम्बा आवासीय विद्यालयलाई खाद्यान्न सहयोग

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ मा रहेको साना किसान कृषि सहकारी संस्था सिमराले अमलेखगञ्जस्थित अहिंसावादी साङ्गे छयोईलिङ्ग बौद्ध गुम्बा आवासीय विद्यालयलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।संस्थाको १० औँ स्थापना दिवसको अवसरमा सहकारी संस्थाकी अध्यक्ष कमला अधिकारी सहितको सहकारी परिवार गुम्बामै पुगेर गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष फुलमाया लामालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेकी हुन्।

कार्यक्रममा अध्यक्ष अधिकारीले गुम्बामा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अझै सहयोग गर्दै जाने प्रतिबद्धता जनाइन्।हस्तान्तरण गरिएका सामग्रीहरूमा चामल ६ बोरा, दाल १० किलो, खानेतेल १ कार्टुन, सोयाबिन ५ किलो, चिउरा, नुन, पिठो, आलु, प्याज, भुजा लगायतका खाद्यन्न सामाग्रीहरू रहेका छन्। कक्षा १ देखि १२ सम्म पढाइ हुने सो आवासीय विद्यालयमा हाल ६० जना अनाथ, असहाय तथा विपन्न वर्गका बालबालिका अध्ययनरत छन्। ती बालबालिकाको शिक्षादिक्षा, पालनपोषण तथा संरक्षणको जिम्मेवारी गुम्बाले लिएको छ ।

स्थानीय स्तरबाट गरिएको यस्ता सहयोगले गुम्बा र त्यहाँ अध्ययनरत बालबालिकाहरूलाई थप ऊर्जा र प्रेरणा मिल्ने गुम्बा ब्यवस्थापन समितीकी सचिव आनी छोईङ्ग डोल्माले बताईन् । कार्यक्रममा गुम्बा समितीका उपाध्यक्ष जंग बहादुर तमाङ्ग ,साना किसान कृषि सहकारी संस्थाका सचिव मिरा पुरी ,कोषाध्यक्ष पुनम देबी महत्तो , संस्थाका सहजकर्ता कुलोत्तम पोख्रेल लगायत संस्थाका कार्यसमिती सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । साना किसान कृषि सहकारी संस्थाले हरेक बर्ष स्थापना दिवसको समाजकोलागि केहि नै केहि रचनात्मक कार्य गर्दै आएको छ ।