कोल्हबीको सखुववामा परालभित्र लुकाई राखिएको अबैध काठसहित साइकल बरामद

रञ्जन यादब /बारा

बाराको कोल्हवी नगरपालिका–५ स्थित सखुववा भन्ने स्थानमा  खेतको परालमा लुकाई छिपाई राखिएको अवस्थामा अबैध काठ बन टोलीले बरामद गरेको छ  ।बरामद काठमा साल जातका तीन थान गोलिया करिब १० क्युफिटको ,करिब तीन क्युफिटको  सिसौको गोलिया एक थान र  एउटा साइकल रहेको छ ।

डिभिजनल वन कार्यालयका  डिभिजनल बन अधिकृत राजीव कुमार झाको  विशेष निर्देशनमा सो स्थानमा छापामारी गएिको कोल्हबी सब डिभिजनका छैठो तहका अधिकृत कृष्ण कुमार पटेलले जानकारी दिए । अवैध काठ ओसारपसार गर्ने समुहमध्यको एक जनाको त्यो  साइकल भएको हुनसक्ने अनुमान गरिएको छ ।

बरामद काठ र साइकललाई आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि  कोल्हबी सब डिभिजनल वन कार्यालयको प्राङ्गनमा राखिएको जनाईएको छ ।अवैध काठ तस्करी नियन्त्रणका लागि  डिभिजन बन कार्यालय बाराले निगरानी थप कडाइ गराएको जनाएको छ ।