रङ्गपुरमा लुकाईछिपाई राखिएको अवस्थामा काठ बरामद

रञ्जन यादब /

पर्साको पटेर्वा सुगौली गाउँपालिका स्थित रङ्गपुरको गौरोटोलबाट लुकाईछिपाई राखिएको अवस्थामा काठ बरामद भएको छ । गाउँपालिकाको वडा नं.२ मा परालले लुकाईछिपाई राखिएको अवस्थामा ४.८७ क्युफिटको एक थान काठको गोलिया बरामद भएको डिभिजन बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

डिभिजन बन कार्यालय पर्साबाट अधिकृत छैठो संजय कुमार चौरसियाको कमाण्डको गएको टोलीले घरभन्दा अलि पर परालले लुकाईछिपाई राखिएको अवस्थामा काठ बरामद गरेको हो ।बरामद काठलाई सब डिभिजन बन कार्यालय रङ्गपुरको नियन्त्रणमा राखिएको अधिकृत छैठो चौरसियाले बताए । आफुहरु सुचनाको आधारमा त्यहाँ पुगेको बताए ।बरामद काठलाई कसैले आफनो भएको दाबी नगरेको उनले जानकारी दिए ।