रञ्जन यादब /बारा
बारा स्थित जीतपुरसिमरा उपमहानगरपालिकाको एक ब्यवसायीले ७० जना छठ गर्ने बिपन्न महिलाहरुलाई साम्री बितरण गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ का स्थानीय मुकेश साहले आफ्ना बुवा गंगा साह र आमा लालमुनीको हातबाट छठ गर्ने महिलाहरुलाई नरिवल र साडि बितरण गराएका हुन् ।
बिगत ५ बर्ष देखि हरेक बर्ष सामग्री बितरण गर्दै आएका साहले आफुहरुको छठी माता प्रती बिशेष आस्था रहेको ट्रक ब्यवसायी समेत रहेका मुकेश साहले जानकारी दिए ।उनले आफनो क्षमताले भ्याए सम्म निरन्तर छठ ब्रतालुहरुलाई सामग्री बितरण गर्दै जाने प्रतिबधता ब्यक्त गर्नुभयो ।