रञ्जन यादब /बारा
आवासका लागि सहयोग समूह ‘लुमन्ती’ ले जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा दुई वटा घर निर्माण गरी माझि परिवारलाई हस्तान्तरण गरेको छ । एक कार्यक्रमकाबीच जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल र उप प्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रुपमा रिबन काटि घरको उद्घाटन गर्नुभएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१९ मा बर्षौ देखि टुटेको तथा भत्केको माटो र खरले बनाईएको घरमा जसोतसो आफनो गुजारा चलाउँदैँ आएका बिशन माझि र भुटन माझिको परिवारलाई एक।एक वटा नमुना घर हस्तान्तरण गरिएको लुमन्तिका सामाजिक परिचालक रबि तिबारीले जानकारी दिए । एउटा घरमा दुईवटा कोठा छन् ।
बिशन माझिको ५ जनाको परिवार छ भने भुटन माझिको ४ जनाको परिवार छ । प्रत्येक घर लुमन्ती संस्थाको रु.दुई लाख र जीतपुरसिमरा उपमहानगरपालिकाको रु.एक लाखको लागतमा गरी कुल रु ३ लाखको लागतमा निर्माण भईरहेको छ । उपमहानगरपालिकाको वडा नं.९ ,११ ,१९ र २० मा १ सय ४० वटा घर निर्माण गर्ने योजना छ ।
दुई बर्ष भित्र घर निर्माण गरि हस्तान्तरण गरिसक्नुपर्ने किसीमले लुमन्तीले काम गरिरहेको जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१९ ठुलो मटियरीयामा भएको घर हस्तान्तरण कार्यक्रमको अध्यक्षता भुईया बाबा टोल उथानशिल बिकाश समितीका अध्यक्ष अर्जुन माझिको रहेको थियो ।
कार्यक्रममा वडा नं.१९ का वडा अध्यक्ष दिपेन्द्र कुमार क्षेत्री , जीतुिरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने ,कार्य क्षेत्र संयोजक अब्दुल कैस ,मानवअधिकारकर्मी तथा पत्रकार बिदुर खड्का लगायत स्थानीयको सहभागिता रहेको थियो । लुमन्तीले देशका बिभिन्न ठाउमा स्थानीय तहसँग समन्वय गरी कम लागतमा भुकम्प प्रतिरोधात्मक ,बलियो र बाताबरण अनुकुल बाँसको घर निर्माण गर्ने गरेको छ ।