पर्सामा काठ सहितको मोटरसाईकल र बालुवा लोड गरिएको ट्रयाक्टर नियन्त्रणमा

रञ्जन यादब

पर्साको बन गस्ती टोलीले काठ सहितको मोटरसाईकल र बालुवा उत्खनन गरिरहेको अवस्थामा एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । पटेर्वा सुगौली गाउँपालिकाबाट वडा नं.५ बाट वन गस्ती टोलीले बिहान ३ बजे गस्तीको क्रममा काठ सहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।

सब डिभिजन बन कार्यालय बसन्तपुरबाट रेन्जर बिजय यादवको कमाण्डमा गएको गस्ती टोलीले निचुटा गाउँ नजिकबाट बा ८५ प ५६६८ नम्बरको मोटरसाइकलमा लोड गरिएको सालको गोलिया काठ सहित मोटरसाइकल नियन्त्रणमा लिएको डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । तस्करले बन गस्ती टोलीलाई देख्ने बित्तिकै काठ सहितको मोटरसाईकल छोडि फरार भएको उनले बताए ।

त्यस्तै जिराभवानी गाउँपालिका वडा नं.५ मा पर्ने भलुवाही खोलामा बालुवा उत्खनन गरिरहेको अवस्थामा ना ६ त ७८२ नम्बरको ट्रयाक्टर पनि नियन्त्रणमा लिएको रेञ्जर यादबले बताए । बरामद गरिएको ४ क्युफिटको काठ सहित मोटरसाइकल र बालुवा सहित ट्रयाक्टर सब डिभिजन वन कार्यालय बसन्तपुरमा राखि अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय र्पािले जनाएको छ ।