hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

पिकअपमा लोड गरिएको चिरान काठ सहित ३ जना पक्राउ , स्कटिङ्ग गर्ने तीन जना फरार

रञ्जन यादब /बारा

बारामा एउटा पिकअपमा लोड गरिएको चिरान काठ सहित ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय  बारागढीबाट खटिएको प्रहरी टोलीले गएराती चिरान काठ सहित जाँदै गरेको ना ३ च १९०१ नम्बरको पिकअपलाई सड्कमै रोकी तीन जनालाई नियन्त्रणमा लिएको डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए । नियन्त्रणमा लिएको काठ सहित मानिस र गाडिलाई डिभिजन बन कार्यालय बारालाई हस्तान्तरण गरेको उनले बताए

पक्राउ पर्नेमा करैयामाई गाउँपालिका वडा नं.७ पिपरा बस्ने बर्ष ४० का हरिभजन चौधरी र बर्ष ३५ का रामप्रताप चौधरी र सोहि गाउँपालिकाको वडा नं.५ तेतरिया बस्ने बर्ष २७ का दिपनारायण चौधरी रहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ । करैयामाई गाउँपालिका वडा नं.७ पिपराको श्रवणको मिलबाट चिरान काठ लोड गरि लगडा चोकको फर्निचर उद्योगमा जाँदै गरेको अवस्थामा पोखरीया भवानीपुरको बिच बाटोमा तीन जनालाई नियन्त्रणमा लिएको जमदार नागेन्द्र प्रसाद बैठाले जानकारी दिए ।

पिकअपलाई मोटरसाईकलले स्कटीङ्ग गर्दै गरेका बिश्वास चौधरी ,श्रवन कुमार धामी र अफताब चौधरी फरार भएको उनले बताए । स्कटिङ्ग गर्ने म.प्र.०३.०२८प ५०१४ नम्बरको मोटरसाईकल बन गस्तीटोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका तीनैजनाहरुलाई डिभिजन बन कार्यालय बाराको थुनुवा कक्षमा राखिएको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।

बरामद चिरान काठमा सिसौँको चिरान काठ ७३ वटा २०.६ क्युफिटको र ३५ वटा चिरान काठ सालको २०.५८ क्युफिट गरी ४१.५८ क्युफिट रहेको रेञ्जर अब्दुल करिमले जानकारी दिए । अनुसन्धान अधिकृत नियुक्त गरी यस बिषमा थप अनुसन्धान भईरहेको डिभिजनल बन अधिकृत राजीब कुमार झाले जानकारी दिए ।