रञ्जन यादब /बारा
बाराको बन रक्षकको टोलीले महबिलवा स्थित चिरान मिल (सः मिल)मा छापमारी गरी १३ क्युफिटको दुई थान साल जातको काठको गोलिया बरामद गरेको छ ।
बिशेष सुचनाको आधारमा डिभिजन बन कार्यालय बाराबाट जमदार नागेन्द्र प्रसाद बैठाको कमान्डमा गएको टोलीले कलैया उपमहानगरपालिका वडा नं.२१ महबिलवामा छापामारी गरेको डिभिजनल बन अधिकृत राजीब कुमार झाले जानकारी दिए ।
साँत जनाको सङ्ख्यामा गएको बन रक्षकको टोलीले चिरान मिलमा छापामारी गर्दा त्यहाँ कार्यरत कर्मचारी लगायत सञ्चालक फरार भएका छन् । उक्त चिरान मिल ४२ बर्षिय दिनानाथ साहको रहेको जमदार बैठाले बताए ।
चिरान मिलका सञ्चालक साहलाई पहिला पनि बन मुद्धा चलेको र उनी तारिखमा रहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ । बरामद दुई थान काठलाई डिभिजन बन कार्यालय बारा ,सिमराको नियन्त्रणमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान र चिरान मिलका सञ्चालक साहको खोजिकार्य भईरहेको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत झाले बताए ।