रञ्जन यादब /बारा
बाराको जीतपुरमा भएको प्रथम जे.पि.ई.स.नगरस्तरीय अन्तरबिद्यालय हिज्जे प्रतियोगितामा होलिराज ईङ्गलीस बोडिङ्ग स्कुल प्रथम भएको छ । जीतपुर पब्लिक ईङ्गलीस स्कुल (जे.पि.ई.स.) जीतपुरको आयोजनामा भएको प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाको ८ वटा बिद्यालयको सहभागिता रहेको थियो ।
हिज्जे प्रतियोगितामा एभरग्रिन ईङ्गलीस स्कुल द्धितीय स्थान ,सेन्टपिटर एकेड्मी सिमरा तृतीय र केयर भिजन स्कुल जीतपुरले सान्तावना पुरस्कार प्राप्त गरेको आयोजक बिद्यालयको संयोजक कृष्ण पटेलले जानकारी दिए । प्रतियोगिता श्रृतीलेखन चरण ,साधारण चरण ,शब्दार्थ चरण ,ब्याकरण चरण ,अन्ताक्षरी चरण र द्रुतगती चरण गरि ६ चरणमा भएको उनले बताए ।
बिजयी बिद्यार्थीहरुलाई बारा क्षेत्र नं.४(क) का मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले मेडल ,शिल्ड र बितरण गरेका थिए । प्रतियोगिताको निर्णायकको भुमिकामा ठाकुरराम बहुमुखी क्याम्पस बिरगंजका प्राध्यापक रिना चौधरी र फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिद्यालयका शिक्षक मेघराज बराल रहेका थिए । बिद्यार्थीमा हुने नेपाली भाषाको भाषिक कठिनाई निराकरण गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक बिद्यालयका प्रधानध्यापक हिमनाथ तिमिल्सिना (केशव) ले जानकारी दिए ।
यो प्रतियोगिता प्रथम भएकाले यसलाई अगामी दिनमा पनि जारी राख्ने उनले प्रतिबधता ब्यक्त गरे । प्रतियोगिताको प्रस्तुतकर्ताको भुमिकामा जे.पि.ई.स.का नेपाली बिषयकी शिक्षिका सृजना पाण्डे र कार्यक्रम सञ्चालन शिक्षक अनुप उप्रेतीले गरेका थिए ।
प्रत्येक बिद्यालयबाट दुईजनाको दरले बिद्यार्थीहरु सहभागी भएका थिए ।प्रतियोगितामा ब्राईटर ई.स्कुल सिमरा ,अम्ब्रेला एकेड्मी जीतपुर ,शहिद स्मारक स्कुल जीतपुर र एमरल्ड एकेड्मीको सहभागिता रहेको थियो । आयोजक बिद्यालय जे.पि.ई.स.ले प्रतियोगितमा भाग लिएको थिएन् । प्रतियोगिता सुरु हुनुभन्दा अगाडि भएको औपचारिक कार्यक्रममा जे.पि.ई.स.का बिद्यार्थीहरुले नृत्य ,भाषण लगायतको प्रस्तुति वा कला प्रस्तुत गरेका थिए ।