पर्साको बन टोलीले दुईवटा ट्याक्टर र काठको गोलिया बरामद

रञ्जन यादब /

पर्साको भलुवाहि खोला नजिकको बन क्षेत्रबाट बन गस्ती टोलीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । पटेर्वासुगौली गाउँपालिका वडा नं.१ सोनबर्षामा रहेको भलुवाहि खोलाबाट अबैध रुपमा बालुवा निकाली ल्यैजादैँ गरेको अवस्थामा ना ६ त ९१०७ नम्बरको ट्याक्टर बन क्षेत्रमा अड्किएको थियो ।

अड्कियो ट्याक्टरलाई ना .५.त ५१०२ नम्बरको ट्याक्टर तानिरहेको अवस्थामा रङ्गपुर सब डिभिजन बन कार्यालय टोलीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको रेञ्जर कपिलदेव प्रसाद यादबले जानकारी दिए । ट्याक्टर नजिक रहेका ३।४ जना मानिसहरु बन गस्ती टोलीलाई देखेर भागेको उनले बताए ।नियन्त्रणमा लिएको ट्याक्टरलाई रङ्गपुर सब डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको जनाईएको छ ।

त्यस्तै सब डिभिजन बन कार्यालय ,बड्निहारले पर्सागढी नगरपालिका वडा नं.३ पकडियाबाट २ क्युफिट काठको गोलिया बरामद गरेको छ । खेतबारीमा परालले छोपेर लुकाएर राखिएको अवस्थामा काठको गोलिया बरामद गरिएको छैठो तह अधिकृत उज्जवल यादबले जानकारी दिए । आईतबार बन गस्ती दाउरा लोड गरिएको ४ वटा साईकल नियन्त्रणमा लिएको थियो ।

बरामद साईकलको चक्का काटेर जङ्गलमै छोडिएको सब डिभिजन बन कार्यालयले जनाएको छ । नियन्त्रणमा लिएको ट्याक्टर र काठ सम्बन्धमा अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।