hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

जिल्ला प्रहरीको प्राङ्गनबाटै नामुद काठ तस्कर सहनी पक्राउ

रञ्जन यादब /
बारा
डिभिजन बन कार्यालय बाराले एक जना नामुद (प्रख्यात ) काठ तस्करलाई पक्राउ गर्न सफल भएको छ ।

लामो समय देखि बन कार्यालयको फरार सुचिमा रहेका करैयामाई गाउँपालिका वडा नं.५ तेतरिया बस्ने बर्ष ४३ का श्यामपुकार सहनीलाई पक्राउ गरिएको डिभिजन बन कार्यालय बाराका जमदार नागेन्द्र प्रसाद बैठाले जानकारी दिए ।

बाराका एक जना पत्रकारलाई आफु बिरुध समाचार तथा स्टाटस लेखेको भन्दै धम्काउँदै समाजिक सञ्जालमा गालीगलौज गरेका थिए ।

पत्रकारको निबेदनको आधारमा सहनीलाई जिल्ला प्रहरी कार्यालय बारा , कलैयामा  बोलाएको थियो । जिल्लामा आएको मौका छोपि जमदार नागेन्द्र  प्रसाद बैठाकाे कमाण्डमा गएको टोलीले जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गनबाटै सहनीलाई नियन्त्रणमा लिएर डिभिजन बन कार्यालय सिमरा ल्याएको छ ।

उनलाई बन कार्यालयको थुनुवा कक्षमा राखिएको जनाईएको छ ।बारम्बार गाउँबाटै नियन्त्रणमा लिन सहनीलाई प्रयास गर्दा पनि बन रक्षक टोली केही स्थानीयको प्रयासले बिफल हुँदै आएको थियो ।

डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजिब कुमार झाले पक्राउ परेका सहनी बन कार्यालयको फरार प्रतिबादीको सुचिमा रहेको बताउँनुभयो ।

उनलाई पक्राउ गर्न २०७९ साल भाद्र १२ गते पक्राउ पुर्जी जारी समेत रहेको बताए ।यस सम्बन्धमा थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।