जीतपुरमा जथाभाबी फोहोर फाल्नेलाई रु.२ हजार सम्म जरिवाना

रञ्जन यादब /
बारा
जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा जथाभाबी फोहोर फ्याकेमा ५ सय रुपैया देखि २ हजार रुपैया सम्म जरिवाना हुने भएको छ ।

जथाभाबी फोहोर फ्याकेमा वा नाला तथा सड्कमा पसल राखेमा पहिलो पट्क रु ५ सय देखि २ हजार रुपैया सम्म जरिवाना गरिने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

ब्यवसायीहरुले आफनो फोहोर आफै डस्टबिनमा राख्न र नगरपालिकाको फोहोर बोक्ने गाडि आएमा गाडिमा पठाउँन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले अनुरोध गरेका छन् । जीतपुर बजारमा उपमहानगरपालिकाको फोहोर फ्याक्ने गाडि बिहान ५ बजे र दिउँसो ३ बजे परिक्रममा गर्ने जनाएको छ । उत्पादन भएको फोहोर सो समयमा फोहोर फ्याक्ने गाडिमा राख्न भनिएको छ ।

त्रिभुवन राजपथ (६ लेन) का वरिपरी जथाभाबी पार्किङ्ग गर्न निषेध गरेको छ । बजारभित्र पनि मोटरसाईकल ,साईकल ,रिक्सा पार्किङ्ग निषेध गरिएको छ ।बिहान ७ बजे देखि साँझ ७ बजेसम्म सड्क वा बाटोमा गाडि राखेर लोड र अनलोड गर्न बन्जित गरिएको नगर प्रमुख पौडेलले बताए ।