डेङ्गु संक्रमणबाट बच्न जीतपुरसिमरा उपमहानगरपालिकाले औषधी छर्कदै

रञ्जन यादब /बारा

डेङ्गु संक्रमणबाट बच्न जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुरमा औषधी छर्कने काम गरिरहेको छ ।वडा नं.७ जीतपुरका केही ब्यक्तिहरुमा डेङ्गु संक्रमण देखिन थालेपछि उपमहानगरपालिकाले यो अभियान चलाएको हो । नगर प्रहरीको सहकार्यमा जीतपुरका बिभिन्न टोलहरुमा औषधी छर्कने काम भईरहेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्माले डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्दछ । उहाँका अनुसार एडिज जातको लामखुट्टे विशेषगरी, सूर्योदयको समय दिउँसो र घाम अस्ताउने (बेलुका) को समयमा सक्रिय हुने गर्छ ।

उहाँका अनुसार एडिज जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्दछ । उच्च ज्वरो आउनु, जोर्नी तथा मांसपेशी दुख्नु डेंगु सङ्क्रमणका प्रमुख लक्षण हुन् ।यसबाहेक आँखाको पछाडिको भाग दुख्ने, ज्यान दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, पेटमा गाह्रो हुने जस्ता लक्षण देखिने डा.चालिसे बताउनुहुन्छ ।डेंगुको सङ्क्रमण सबै उमेर समूहका मानिसलाई हुन सक्छ । साना बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती डेंगु भएमा जटिल स्वास्थ्य समस्या निम्तन डा.चालिसेको भनाइ छ ।

 

एक पटक डेंगु सङ्क्रमण भएका मानिसमा अर्को पटक डेंगु सङ्क्रमण हुँदा झन् जटिल स्वास्थ्य समस्या निम्तने उहाँ बताउनुहुन्छ । डेंगु अहिलेसम्म कुनै पनि उपचार विधिको विकास नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो । डेंगु भएको बेलामा जथाभाबी औषधीको नखान उहाँको सुझाव छ ।उहाँ भन्नुहुन्छ, “डेंगु भएको बेलामा औषधी आवश्यक पर्दैन । धेरै जस्ता सङ्क्रमित ज्वरो कम गर्न प्यारासिटामोल र घरमै झेलिलो पोसिलो खानेकुरा खाएर आराम गर्दा निको हुन्छ ।

 

”यदि जथाभाबी औषधी खाएर हेलचेक्राई गरेको जटिल स्वास्थ्य समस्या निम्तने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार गिजालगायतका शरीरका विभिन्न भागबाट रक्तस्राव हुने, अत्यधिक मात्रमा वान्ता हुने, पेट फुल्ने, दुख्ने, सास फेर्न गाह्रो हुने, बेचैनी हुने डेंगु सङ्क्रमणका जटिल स्वास्थ्य समस्या हुन् । यदि हेलचेक्राई गरेमा बिरामीको मृत्यु समेत हुने भएकाले गम्भीर समस्या देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिन उहाँको सुझाव छ ।

उहाँका अनुसार लामखुट्टेको टोकाइबाट जोगिन पूरा शरीर ढाकिने गरी कपडा लगाउने राति सुत्ने बेलामा झुलको प्रयोग गर्न, लामखुट्टेको धूप बाल्ने, मलम लगाउनुपर्छ । घर वा कार्यालय वरपर पानी जम्न नदिने, खाल्डा खुल्डीहरु पुर्ने र घरआगन सफा राख्ने । लामखुट्टेलाई फुल पार्न नदिनका लागि एउटै ठाउँ भाँडोमा पानी जम्मा गरेर नराख्ने ।