सप्तरंगी साकोसको १३ औँ साधारण सभा सम्पन्न ,समाजसेवा पुरस्कार स्व.कृष्ण प्रसाद पौडेललाई

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं.१४ रजघट्टामा रहेको सप्तरंगी (साकोस) बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो । संस्थाले आर्थिक बर्ष २०८०।०८१ मा खुद नाफा ४० लाख ९६ हजार ४१ रुपैया नाफा आर्जन गरेको संस्थाका कोषाध्यक्ष बिदुर कुमार खड्काले जानकारी दिए ।

जुनकी गत आर्थिक बर्ष भन्दा रु १ लाख ७५ हजार ३ सय २० रुपैया बढी हो । आफना शेयर सदस्यहरुलाई शेयर लाभांसतर्फ १८ प्रतिशत बितरण गर्ने निर्णय पारित भएको सप्तरंगी साकोसले जनाएको छ ।संस्थाले कुल निक्षेप (बचत) मा ८ करोड १५ लाख ६३ हजार ३ सय २२ रुपैया सङ्कलन गरेको छ भने कुल ऋण ९ करोड ४२ लाख ३७ हजार १ सय ७३ रुपैया शेयर सदस्यमा लगानी गरेको छ ।

यस बर्षको सप्तरंगी समाजसेवा पुरस्कार स्व.कृष्ण प्रसाद पौडेललाई प्रदान गरिएको छ । स्व. पौडेलको पत्नीलाई सो पुरस्कार कार्यक्रमकाबिच प्रदान गरिएको थियो । संस्थाले ऋण लगानीबाट ब्याज आम्दानी १ करोड ३४ लाख ७१ ह्जार ४ सय १ रुपैया ,बैँक आम्दानी ४ लाख ३७ हजार १ सय ३२ रुपैया र अन्य आम्दानीतर्फ १० लाख २६ हजार ६ सय २७ रुपैया आर्जन गरेको छ ।

संस्थाका अध्यक्ष शोभा केसीको अध्यक्षतामा भएको कार्यक्रममा सप्तरंगी समाज सेवा पुरस्कार, दैनिक वचतकर्ता, उत्कृष्ट कारोबार कर्ता, जेष्ठ नागरिक, उत्कृष्ट वचतकर्ता,लगायतलाई सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो । कार्यक्रममा बारा जिल्ला वचत तथा ऋण सहकारी सँघका अध्यक्ष सतेन्द्र ठाकुर, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, सिमरा महिला साकोसका अध्यक्ष मुना खरेललगायतको उपस्थिति रहेको थियो । संस्थाका सचिव अनिल चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष विदुर खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो ।